+
+
Shares

दोलखामा भ्यान दुर्घटना, ३ जना घाइते

कपिल कोइराला कपिल कोइराला
२०८२ माघ २ गते १२:३२

२ माघ, काभ्रेपलाञ्चोक । दोलखाको खरिढुङ्गामा भ्यान दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

लामोसाँघु–जिरी सडक खण्ड अन्तर्गत भिमेश्‍वर–९ आहालडाँडामा बागमती प्रदेश ०६–००१ ज ०२८८ नं. को ईभी भ्यान दुर्घटना भएको हो ।

काठमाडौंबाट चरिकोट तर्फ जाँदै गरेको भ्यान तुसारोको कारण सडकमा चिप्लिएर दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।

दुर्घटनामा दोलखा भिमेश्‍वर न.पा. ६ बस्ने ६२ वर्षीय हरी बहादुर ठकुरी, हरीबहादुरकी ६१ वर्षीया श्रीमती निर्मला ठकुरी र रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं. २ बस्ने ४५ वर्षीया रेखा नेपाली भाइते भएका छन् ।

घाइतेहरूको चरिकोटमा उपचार भइरहेको छ । भ्यान चालक रामेछापको मन्थली–१२ गेलु बस्ने २७ वर्षीय रविन्द्र बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सो भ्यानमा चालकसहित ६ जना थिए ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?