+
+
Shares

रास्वपा नेताको गाडी गोरखामा तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १२:३८

२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताको गाडी (कार)मा तोडफोड भएको छ ।

वडा अधिवेशनका लागि गोरखाको भीमसेन थापा गाउँपालिका–३ कमलटारमा पुगेका नेताहरुले प्रयोग गरेको कार तोडफोड भएको हो । सो गाडीमा रास्वपा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार, धनेज थापा र प्रकाश लामिछानेले प्रयोग गरेका थिए ।

धनेज थापाको नाममा रहेको सो गाडी पार्किङ गरेको ठाउँमा बिहीबार राति तोडफोड भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भरतबहादुर विकले बताए ।

उनका अनुसार बागमती प्रदेश ०२५ च ७०३० नम्बरको गाडी बिहीबार राति तोडफोड भएको हो । माघे संक्रान्तिको चाडबाडका क्रममा कोही कसैले मदिरा सेवन गरेर गाडीको सिसा फुटाएको हुनसक्ने एसपी विकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?