News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेसले निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ।
- कार्यबाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले कांग्रेसलाई मान्यता नदिए देशभर आन्दोलन गर्न तयार रहेको बताए।
- खड्काले गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुने र पार्टीको आह्वानमा सबैलाई निर्देशन दिएको बताए।
२ माघ, काठमाडौं । शेरबहादुर देउवाले नेतृत्व गरिरहेको कांग्रेसले निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त्यस्तो अवस्था आए देशभर आन्दोलन गर्ने बताए ।
‘निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन । तर, आशंकाहरू छन्,’ खड्काले भने, ‘निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ । हामी गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुनेछौं ।’
उनले त्यस्तो अवस्थामा आए पार्टीको आह्वानमा आन्दोनलमा होमिन देशभरका कार्यकर्ता र संघसंगठनलाई निर्देशन दिए ।
प्रतिक्रिया 4