+
+
Shares

आयोगलाई विश्वप्रकाशले भने : विधान कार्यान्वयन गर्न विशेष महाधिवेशन गर्‍यौँ

गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई पार्टीको विशेष महाधिवेशन आह्वान गर्नुपरेको अवस्थाबारे जानकारी गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १५:४०

२ माघ, काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई पार्टीको विशेष महाधिवेशन आह्वान गर्नुपरेको अवस्थाबारे जानकारी गराएका छन् ।

पार्टीको केन्द्रीय समितिले विशेष महाधिवेशन मागकर्तालाई सम्बोधन गर्न नखोजेपछि आफूहरूले आह्वान गरेर सम्बोधन गरेको बताएका हुन् ।

उनले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले आफूहरूलाई गरेको कारबाही विधानसम्मत नभएको पनि आयोगका पदाधिकारीलाई जानकारी गराए ।

विशेष महाधिवेशनमार्फत निर्वाचित पदाधिकारी नै कांग्रेसको आधिकारिक रहेको दाबीसहित उनले भने, ‘
कारबाही गर्ने कुरा कानुनसम्मत छैन । हामीले विशेष महाधिवेशन मागकर्ताहरूले विधानअनुसार नै गरेको हो । नियमित महाधिवेशनको तालिका आएपछि विशेष महाधिवेशन खारेज भयो भन्ने तर्क सही भएन ।’

नियमित महाधिवेशन नभएको अवस्थामा विशेष महाधिवेशन गरेर अघि बढ्नुपर्ने पद्दति भएको पनि थापाको भनाइ छ ।

‘विशेष महाधिवेशन माग भएको ९० दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्थालाई हामीले सम्बोधन गरेर अघि बढाएका हौँ,’ उनले भने, ‘१५औं महाधिवेशनको तालिका कार्यान्वयन नहुने अवस्थामा हामी विशेष महाधिवेशन आह्वान गर्ने अवस्थामा पुग्यौँ । नेपाली कांग्रेसको विधानले केन्द्रीय कार्यालय महामहामन्त्री मातहत रहने व्यवस्था गरेको छ । सोहीअनुसार काम गरियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?