+

महिला टी-२० विश्वकप ग्लोबल छनोटका लागि नेपालसहित सबै टिम तयार

२०८२ माघ  ३ गते १८:०६ २०८२ माघ ३ गते १८:०६
महिला टी-२० विश्वकप ग्लोबल छनोटका लागि नेपालसहित सबै टिम तयार

३ माघ, काठमाडौं । आइतबारदेखि काठमाडौंमा सुरु हुने आईसीसी महिला टी(२० विश्वकप ग्लोबल छनोटका लागि सबै टिमहरू तयार रहेको बताएका छन् ।

शनिबार साँझ नेपाल क्रिकेट संघ ९क्यान० ले आयोजना गरेको प्रि म्याच प्रेस कन्फरेन्समा सबै टिमका कप्तानले प्रतियोगिताका लागि तयार रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली क्रिकेट टिमकी कप्तान इन्दु बर्माले प्रतियोगिताका लागि उत्साहित रहेको बताइन् । ‘हामी राम्रो क्रिकेट खेल्नेछौं । घरेलु मैदानमा खेल्न उत्साहित छौं, प्रतियोगिता राम्रो हुनेछ भन्ने लागेको छ । १८ वर्षपछि यो मौका पाएका छौं,’ इन्दुले भनिन्, ‘ठूला टिमसँग खेल्न पाएका छौं । अभ्यास खेलबाट धेरै कुरा सिक्ने अवसर पायौं । उत्साहित छौं, कन्फिडेन्ट पनि छौं ।’

यो नेपालले आयोजना गर्न लागेको हालसम्मकै ठूलो प्रतियोगिता हो । यस्तो प्रतियोगिताले आउने पुस्तालाई पनि प्लाटफर्म सेट गर्न मद्दत पुग्ने कप्तान इन्दुले बताइन् । ‘महिला क्रिकेटका लागि टर्निङ पोइन्ट नै हो । हामीले जति मेहेनत गरेका छौं, आगामी पुस्ताका लागि पनि राम्रो वातावरण बनाउने प्रयास गरेका छौं । प्लाटफर्म पनि सेट । क्यानलाई पनि अवसर हो,’ उनले भनिन् ।

यस्तै अन्य टिमका कप्तानले‌ पनि अभ्यास खेलमा कन्डिशन बुझ्ने अवसर पाएको र प्रतियोगिताका लागि तयार रहेको बताए ।

भोलिदेखि सुरु हुने प्रतियोगिताको पहिलो‌ खेलमा नेपालले थाइल्याण्डसँग खेल्ने छ ।

महिला टी-२०

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय