News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिव पदका लागि रविन्द्र चन्दसहित तीन जनालाई सिफारिस गरेको छ।
- सिफारिस गरिएका उम्मेदवारहरू दिपक हमाल र प्रमोद हमाल हुन्, जो सुर्खेतका स्थायी बासिन्दा हुन्।
- उम्मेदवारहरूको लिखित तथा अन्तर्वार्ता मूल्याङ्कनपछि तीन जनाको नाम अन्तिम सूचीमा राखिएको हो।
३ माघ, काठमाडौं । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिव पदका लागि रविन्द्र चन्दसहित तीन जना सिफारिस भएका छन् ।
सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशले सार्वजनिक गरेको सूचनाअनुसार छनोट प्रक्रियाबाट योग्य ठहरिएका तीन उम्मेदवारहरूलाई अन्तिम सूचीमा सिफारिस गरिएको जनाएको छ ।
‘कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिव छनोट सम्बन्धी मापदण्ड, २०८२’ अनुसार प्राप्त अङ्कका आधारमा योग्यताक्रम कायम गर्दै रविन्द्र चन्द, दिपक हमाल र प्रमोद हमाललाई सदस्य–सचिव पदका लागि सिफारिस गरिएको हो।
सामाजिक विकास मन्त्रालयले गत पुष ३० गते प्रकाशित सूचनाअनुसार प्रारम्भिक योग्यताक्रमको सूचीबाट १० जना अन्तर्वार्ताका लागि छनोट भएको र अन्तर्वार्तामा हासिल गरेको अंकका आधारमा तीन जनाको नाम सिफारिस गरेको जनाएको छ ।
उम्मेदवारमध्ये पुस ३ गते लिइएको अन्तर्वार्तामा सहभागी उम्मेदवारहरूको लिखित तथा अन्तर्वार्ता मूल्याङ्कन गरिएको जनाएको छ।
सिफारिस गरिएका चन्द वीरेन्द्रनगर–७ सुर्खेत, दिपक भेरीगंगा–४ सुर्खेत र प्रमोद वीरेन्द्रनगर–५ सुर्खेतका स्थायी बासिन्दा हुन् ।
प्रतिक्रिया 4