News Summary
Generated by OK AI. Editorially reviewed.- सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सातौं सिजनमा लाइभ शोको समीकरण पूरा भएको छ र १६ जना प्रतिस्पर्धी आगामी चरणमा प्रवेश गरेका छन्।
- आउने शुक्रबारदेखि सुरु हुने लाइभ शोमा दर्शकको भोटिङको आधारमा हरेक समूहभित्रका चार जना प्रतिस्पर्धीबीच मात्र भोटिङ हुनेछ र कम मत ल्याउने बाहिरिनेछन्।
- निर्देशक लक्ष्मण पौड्यालले भोटिङ शैलीमा परिवर्तन आएको बताए र फिनाले २ फागुनमा 'भ्यालेन्टाइन्स डे' को अवसरमा आयोजना हुने जानकारी दिए।
काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सातौं सिजनमा लाइभ शोको समीकरण पूरा भएको छ । पछिल्लो दुई सप्ताहन्तबाट १६ जना प्रतिस्पर्धी आगामी चरणमा प्रवेश गरे ।
आउने शुक्रबारदेखि सुरु हुने लाइभ शोमा दर्शकको भोटिङको आधारमा ट्यालेन्ट रहने वा बाहिरिने टुंगो लाग्नेछ । यो सिजनदेखि हरेक समूहभित्रका ४ जना प्रतिस्पर्धीबीच मात्र भोटिङ हुनेछ । कम मत ल्याउने बाहिरिनेछन् ।
भोटिङ शनिबारदेखि नै खुलेको छ । आउने शुक्रबार र शनिबार लाइभ राउन्ड हुनेछ । एक एपिसोडबाट दुईजना बाहिरिनेछन् । निर्देशक लक्ष्मण पौड्यालले भोटिङ शैलीमा केही परिवर्तन ल्याइएको बताए ।
‘पहिला १२ जनामध्येबाट एक-एक जना बाहिरिन्थे । यसपटक भने आफ्नो टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ’ उनले भने । फिनाले ‘भ्यालेन्टाइन्स डे’ को अवसरमा २ फागुनमा आयोजना हुनेछ ।
लाइभ शोमा को-को ?
कोच खेम सेन्चुरी : भविका पुन, सागर संसार राई, शुभेच्छा बराइली, छिरिङ डोल्मा शेर्पा
कोच प्रमोद खरेल : ममता क्षेत्री, युनिस लिम्बु, रञ्जिता विश्वकर्मा, पुनम गुरुङ
कोच राजु लामा : आयुष दर्नाल, कार्साङ शेर्पा, मनमित लेप्चा र नीताकुमारी मगर
कोच मेलिना : अञ्जना सारु मगर, सञ्जिता दुरा, प्रनिता तामाङ, सियोन महर्जन
प्रतिक्रिया 4