+
+
Shares

गर्भावस्थामा स्टाइल र आरामको मेल : म्याक्सी, कुर्ता र म्याटर्निटी वियर

गर्भावस्थामा जिन्स लगाउन गाह्रो लाग्न सक्छ, तर म्याटर्निटी जिन्सले यो समस्या पूर्णरूपमा हटाइदिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गर्भावस्थामा महिलाले आरामदायी, हल्का र छालामैत्री कपडा लगाउनु आवश्यक हुन्छ जसले शारीरिक समस्या कम गर्छ।
  • म्याक्सी ड्रेस, म्याटर्निटी जिन्स र लुज कुर्ता गर्भावस्थामा आराम र स्टाइलका लागि उपयुक्त हुन्छन्।
  • फ्ल्याट जुत्ता र एक्टिभ वियर छान्दा खुट्टा सुन्निने समस्या कम हुन्छ र गर्भावस्थामा सक्रिय रहन मद्दत पुग्छ।

गर्भावस्थाको समयमा महिलाको शरीरमा धेरै शारीरिक तथा हर्मोनल परिवर्तनहरू हुन्छन् । यसो हुँदा आरामदायी कपडाको छनोट झन् महत्त्वपूर्ण हुन्छ । यस अवधिमा गर्भवती महिलाले आफूलाई राम्रो र आत्मविश्वासी महसुस गर्नुपर्छ, तर स्वास्थ्यलाई पनि प्राथमिकता दिनु आवश्यक हुन्छ । गर्भावस्थामा फेसनसँग सम्झौता गर्नुपर्ने आवश्यकता छैन: बरू सही म्याटर्निटी वियर छानेर सजिलै स्टाइलिश देखिन सकिन्छ । र, दिनभरि आराम पनि महसुस गर्न सकिन्छ ।

लुज र हावा पास हुने कपडा लगाउनु सबैभन्दा राम्रो विकल्प हो । हल्का, स्ट्रेचेबल र छालामैत्री कपडाको प्रयोगले शरीरलाई आराम दिन्छ, विशेष गरी सुन्निने र ढाड दुख्ने जस्ता समस्याबाट बचाउँछ । साथै, गर्भावस्थामैत्री ड्रेसहरू, कुर्तीहरू, पलाजो र स्टाइलिश मैक्सी ड्रेसले लुकलाई थप आकर्षक बनाउन सक्छ ।

गर्भावस्थाको बेला सही जुत्ता छान्नु पनि जरुरी हुन्छ ताकि खुट्टा सुन्निने समस्या नहोस् । साथै गर्भ रहेको महिनाअनुसार कपडा छान्नु राम्रो हुन्छ

पहिलो त्रैमासिकमा लुज कपडा, दोस्रोमा थोरै फिटेड स्टाइल र तेस्रोमा पूर्ण आरामदायी कपडा छनोट गर्नु राम्रो हुन्छ । यसबाहेक, लेयरिङ कपडा तह लगाउने गरेर वार्डरोबलाई बहुमुखी बनाउन सकिन्छ, जसले मौसम परिवर्तनमा पनि अनुकूल हुन्छ ।

म्याक्सी ड्रेस

म्याक्सी ड्रेस गर्भावस्थाको समयमा लगाउनका लागि सबैभन्दा राम्रो र आरामदायी मानिन्छ । यो लामो र हल्का ड्रेसले बढ्दो पेटलाई आरामसँग कभर गर्छ र साथै स्टाइलिश पनि देखाउँछ । सुती वा लिनेन कपडाको मैक्सी ड्रेस छान्नुपर्छ ताकि पसिना कम आउँछ र छालालाई सास फेर्ने अवसर मिल्छ । यसले दोस्रो र तेस्रो ट्राइमेस्टरमा विशेष लाभ दिन्छ, किनकि यो सजिलै एडजस्ट हुन्छ र हिडडुल गर्न सजिलो हुन्छ ।

फ्लोरल प्रिन्ट वा ब्राइट कलरका मैक्सी ड्रेस छानेर एक्सेसरीज जस्तै स्कार्फ वा नेकलेससँग म्याच गर्न सकिन्छ । यसले क्यासुअल वा पार्टी लुक दिन्छ । यदि गर्मी मौसम छ भने, हल्का लिनेन छान्नु राम्रो हुन्छ, जाडोमा लेयरिङ गरेर स्वेटर थप्न सकिन्छ ।

म्याटर्निटी जिन्स

गर्भावस्थामा जिन्स लगाउन गाह्रो लाग्न सक्छ, तर म्याटर्निटी जिन्सले यो समस्या पूर्णरूपमा हटाइदिन्छ । यस्तो जिन्समा विशेष प्रकारको स्ट्रेचेबल ब्यान्ड हुन्छ जसले पेटमा दबाब नदिई फिट हुन्छ । यसलाई टी–शर्ट, टप वा कुर्तीसँग लगाउन सकिन्छ । यसले आधुनिक र ट्रेन्डी लुक दिन्छ ।

डेनिमको सट्टा स्ट्रेचेबल जेगिङ्स छान्नुपर्छ, जसले लेगिङ्स जस्तो आराम दिन्छ । दोस्रो ट्राइमेस्टरमा यो बढ्दो शरीरलाई सपोर्ट गर्छ र स्वेलिङबाट बचाउँछ । यसले पेटलाई भर दिएर ब्याक पेन पनि कम गर्छ ।

लुज कुर्ता

महिलाहरूका लागि कुर्ता र टप्स सधैं आरामदायी हुन्छन् । गर्भावस्थामा हल्का सुतीको वा रेयान कपडाको कुर्ता छान्न सकिन्छ जुन छालामैत्री मात्र नभई हरेक हलचललाई सजिलो बनाउँछ । यिनलाई लेगिङ्स वा पलाजोसँग लगाउनुपर्छ ताकि दिनभरि आराम महसुस होस् ।

नेपाली स्टाइलमा कुर्ता धेरै लोकप्रिय छ, जसमा फिडिङ–फ्रेन्डली जिपर वा बटन भएका डिजाइन छान्न सकिन्छ । एथनिक प्रिन्ट वा एम्ब्रोइडरी भएका कुर्ता छानेर फेस्टिभलमा स्टाइलिश देखिन सकिन्छ मौसम अनुसार गर्मीमा सुती र जाडोमा उलनको कुर्ता लगाउन सकिन्छ ।

म्याटर्निटी गाउन

गर्भावस्थामा आरामदायी नाइटवेयर लगाउनु अत्यन्त जरुरी हुन्छ । म्याटर्निटी गाउन नरम र स्ट्रेचेबल कपडाबाट बनेका हुन्छन् जसले राति राम्रो निद्रा दिन्छ । यदि बच्चालाई दूध चुसाउन सहज हुने खालको डिजाइनको गाउन छान्ने हो भने डेलिभरीपछि पनि यो उपयोगी हुन्छ । हल्का रङ र फूलका प्रिन्ट भएका गाउनले ताजा र रिल्याक्स्ड महसुस गराउँछन् ।

ओभरसाइज टी–शर्ट

यदि वेस्टर्न कपडा मन पर्छ भने ओभरसाइज टी–शर्ट र टपहरू राम्रो हुन्छन् । यी कपडाले शरीरलाई हलचलका लागि पर्याप्त ठाउँ दिन्छन् र देख्नमा पनि धेरै स्टाइलिश लाग्छन् । प्रिन्टेड वा चम्किलो रङका ओभरसाइज टप छानेर म्याटर्निटी लेगिङ्स वा जिन्ससँग म्याच गर्न सकिन्छ । पहिलो ट्राइमेस्टरमा यस्ता कपडाले ‘ब्लोटिङ’पेट फुल्ने समस्या लुकाउन मद्दत गर्छ । ग्राफिक प्रिन्ट वा स्लोगन टी–शर्ट छानेर क्यासुअल लुक बनाउन सकिन्छ ।

फ्ल्याट जुत्ता

कपडा मात्र होइन, गर्भावस्थामा जुत्ताको छनोट पनि ध्यानपूर्वक गर्नुपर्छ । गर्भावस्थामा हाई हिल्स नलगाउनु नै राम्रो हुन्छ । बरू आरामदायी जुत्ता वा फ्ल्याट स्यान्डल लगाउनु पर्छ ताकि खुट्टा सुन्निने वा दुख्ने समस्या नहोस् । साथै हल्का दुपट्टा, स्कार्फ र मिनिमल गहना लगाएर आफ्नो आउटफिटलाई थप सुन्दर बनाउन सकिन्छ । आर्थोपेडिक सपोर्ट भएका फ्ल्याट जुत्ता छान्नु झन् बुद्धिमानी हुन्छ, जसले सुन्तुलन कायम गर्छ र फुट स्वेलिङ कम गर्छ ।

एक्टिभ वियर र मौसम अनुसार टिप्स

गर्भावस्थामा सक्रिय रहनु स्वास्थ्यका लागि राम्रो हुन्छ, त्यसैले म्याटर्निटी एक्टिभ वियर जस्तै योगा प्यान्ट्स वा स्ट्रेचेबल लेगिङ्स छान्नुपर्छ । यी कपडाले व्यायाम गर्दा आराम दिन्छ र स्टाइलिश पनि हुन्छन् ।  जाडोमा कपडालाई लेयरिङ गरेर थर्मल इनर र स्वेटर थप्नुपर्छ । गर्मीमा ब्रेथेबल कपडा छान्नु राम्रो हुन्छ । सधैं छालामैत्री र नेचुरल फाइबर छान्नुहोस् ताकि इन्फेक्सनबाट बच्न सकियोस् ।

गर्भावस्था एउटा विशेष अनुभव हो र यस अवधिमा आफूलाई खुसी र आत्मविश्वासी महसुस गराउनु निकै जरुरी हुन्छ । आरामदायी र फेसनेबल कपडाले मात्र राम्रो महसुस गराउँदैनन्, मुड पनि राम्रो बनाउँछन् । सही कपडा छानेर गर्भावस्थामा पनि आफ्नो स्टाइल कायम राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?