+

राष्ट्रिय लिग फुटबलमा लालीगुराँसको लगातार दोस्रो जित

२०८२ माघ  ५ गते १३:०६ २०८२ माघ ५ गते १३:०६
राष्ट्रिय लिग फुटबलमा लालीगुराँसको लगातार दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लिग फुटबलमा लालीगुराँस स्पोर्ट्स एसोसिएसनले नव जनजागृति युथ क्लबलाई ४-१ गोलअन्तरले हराएको छ।
  • लालीगुराँसका आशिष गुरुङले दुई गोल गरे भने अब्दुल युसुफ र एकोएटे जुनियरले एक-एक गोल गरे।
  • आज दशरथ रंगशालामा एनआरटी र सातदोबाटो युथ क्लब, मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच खेल हुनेछन्।

५ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा लालीगुराँस स्पोर्ट्स एसोसिएसनले लगातार दोस्रो जित जित हासिल गरेको छ । सोमबार एन्फा कम्प्लेक्समा भएको खेलमा लालीगुराँसले नव जनजागृति युथ क्लबलाई ४-१ गोलअन्तरले हराएको हो ।

लालीगुराँसको जितमा आशिष गुरुङले दुई गोल गरे भने अब्दुल युसुफ र एकोएटे जुनियरले एक-एक गोल गरे । नव जनजागृतिका लागि उमेश सन्जेलले सान्त्वना गोल फर्काए ।

खेलको २७औं मिनेटमा युसुफले गोल गर्दै लालीगुराँसलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५५औं र ६०औं मिनेटमा आशिषले गोल गर्दै टोलीलाई ३-० ले अगाडि बढाए ।

८९औं मिनेटमा एकोएटेले गोल गरे भने इन्जुरी समयको पहिलो मिनेटमा नव जनजागृतिका लागि उमेशले सान्त्वना गोल फर्काए ।

लिगअन्तर्गत यसपछि आज दशरथ रंगशालामा दुई खेल हुनेछन् । दिउँसो २ बजे एनआरटी र सातदोबाटो युथ क्लब खेल्नेछन् भने साँझ साढे ६ बजे मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लब आमनेसामने हुनेछन् ।

राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय