५ माघ, काठमाडौं । नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि रूकुम पूर्वबाट निवर्तमान सांसद कुसुम थापा मगरलाई उम्मेदवार बनाउने भएको छ ।
२१ फागुनका लागि हुन गइरहेको निर्वाचनका लागि कांग्रेसले प्रत्यक्षतर्फ नेतृ थापालाई उम्मेदवार बनाउने भएको हो ।
नेतृ थापाले आफूलाई पार्टीले उम्मेदवार बनाएको पुष्टि गरेकी छन् । यो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनाव लड्दै छन् ।
प्रतिनिधिसभा निर्वाचन २०७९ मा रूकुम पूर्वबाट तत्कालीन नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तिमगर विजयी भएका थिए ।
कांग्रेस र तत्कालीन नेकपा एकीकृत समाजवादीसँगको चुनावी तालमेलमा लडेका उनले १२ हजार २६२ मत पाएका थिए ।
घर्तिमगरका निकटतम् प्रतिद्वन्द्वी कैलाशकुमार मल्ल (नेकपा एमाले)ले ५ हजार २११ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार चन्द्रराज झाक्री ८९६ मतसहित तेस्रो भएका थिए ।
प्रतिक्रिया 4