+
+
Shares

निर्वाचनलाई सफल पार्न खोटाङका दलहरूको सामूहिक प्रतिवद्धता

खोटाङका राजनीतिक दलले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सामूहिक प्रतिवद्धता जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १७:५३

५ माघ, खोटाङ । खोटाङका राजनीतिक दलले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सामूहिक प्रतिवद्धता जनाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताको पालनाका बारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले माघ ५ गते दिक्तेलमा आयोजना गरेको अन्तर्क्रिया तथा छलफल कार्यक्रममा सहभागी दलहरुले आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित, मितव्ययी र पारदर्शी रुपमा सम्पन्न गर्नका लागि सामूहिक प्रतिवद्धता जनाएका हुन् ।

कार्यक्रममा जिल्लास्थित राजनीतिक ११ दलका प्रमुख तथा प्रतिनिधिले निर्वाचन आयोगबाट स्वीकृत आचारसंहिता तथा त्यसमा भएको व्यवस्था पालनाका लागि प्रतिवद्ध भएको बताएका छन् ।

मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गर्नका लागि सबैपक्षलाई आग्रह गरे ।

निर्वाचन आचारसंहिता तथा त्यसमा भएको व्यवस्थाबारे जानकारी दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ताको अघिल्लो दिन राजनीतिक दल, पत्रकार, प्रशासन, नागरिक समाज, सुरक्षाकर्मी लगायतसँग छलफल तथा अन्तरक्रिया गरेको हो ।

छलफलमा सहभागी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्यिस्ट पार्टी, रास्वपा, राप्रपा, जसपा, नेकपा माओवादी, श्रम संस्कृति पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, जसपा नेपाल र मंगोल नेशनल अर्गनाइजेसनका प्रमुख तथा प्रतिनिधिले निर्वाचनलाई सफल बनाउन प्रतिवद्धता जनाएका हुन् ।

निर्वाचन आचारसंहितामा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने, स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने, दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित कपडा लगाउन नहुने, झोला बोक्न नहुने लगायत व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?