News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देहीका ५ वटै क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ।
- क्षेत्र नं १ मा सुनिल लम्साल, २ मा आशिष सुवेदी, ३ मा डा. लेखजंग थापा, ४ मा कन्हैया बानिया र ५ मा तौफिक अहमद खान उम्मेदवार भएका छन्।
- पार्टीभित्र टिकट वितरणप्रति असन्तुष्टि छ र क्षेत्रीय तथा जिल्ला समितिसँग परामर्श नगरी केन्द्रले निर्णय गरेको एक पदाधिकारीले बताए।
५ माघ,बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीका ५ वटै क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।
रास्वपा स्रोतका अनुसार क्षेत्र नं १ मा पार्टी महामन्त्रीसमेत रहेका सुनिल लम्साल, २ मा इन्जिनियर आशिष सुवेदी,४ मा कन्हैया बानिया र ५ मा तौफिक अहमद खान उम्मेदवार बन्ने भएका छन् ।
क्षेत्र नं ३ मा भने यसअघि उपनिर्वाचनमा टिकट पाएका डा. लेखजंग थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको थियो । क्षेत्र नं १ मा टिकट पाएका लम्साल बालेन शाह काठमाडौंका मेयर हुंदा उनको सचिवालयमा काम गरेका थिए ।
क्षेत्र नं २ मा टिकट पाएका सुवेदी पुर्व माओवादी कार्यकर्ता हुन् । उनी अखिल क्रान्तिकारीमा क्रियाशील थिए । पछिल्लो समय उनी हङकङमा बस्दै आएका थिए ।
क्षेत्र नं ४ मा टिकट पाएका बानिया लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । क्षेत्र नं ५ मा टिकट पाएका खान भैरहवा निवासी हुन् । उनी निर्माण व्यवसायी परिवारका सदस्य हुन् ।
क्षेत्र नं ५ बाट पार्टी जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्मा पनि आकांक्षी थिए । क्षेत्र नं १ ,२ र ५ का उम्मेदवार रास्वपा वरिष्ठ नेता बालेन शाहको कोटाबाट उम्मेदवार बनेका हुन् । टिकट वितरणप्रति विशेषगरी क्षेत्र नं २ र ५ मा पार्टी नेता कार्यकर्ताहरुमा व्यापाक असन्तुष्टी देखिएको छ ।
पार्टीभित्रको असन्तुष्टीका कारण पार्टीले उम्मेदवार सार्वजनिक नगरेको तर टिकट वितरण गरिसकेको रास्वपा रुपन्देहीका एक पदाधिकारीले बताए ।
‘रास्वपा स्थापनाकालदेखि खटेर पार्टीलाई स्थापित गरेका नेताहरुलाई अन्याय भएको छ,धेरै नेता कार्यकर्ता दुखित छन्’–एक पदाधकारीले भने–‘पार्टीको क्षेत्रीय र जिल्ला समितिसंग कुनै परामर्श नगरी केन्द्र मात्रै हावी भएको छ, यसले क्षेत्र र जिल्लामा खटेर काम गर्ने नेताहरुको मनोबल गिरेको छ, अपमानित हुनुपरेको महसुस भएको छ ।’
प्रतिक्रिया 4