+

अस्ट्रेलियन ओपनमा जोकोभिचको १००औं जित पूरा

२०८२ माघ  ५ गते १८:५६ २०८२ माघ ५ गते १८:५६
अस्ट्रेलियन ओपनमा जोकोभिचको १००औं जित पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व नम्बर ४ नोभाक जोकोभिचले पेड्रो मार्टिनेजलाई ६–३, ६–२ र ६–२ को सोझो सेटमा पराजित गर्दै अस्ट्रेलियन ओपनको दोस्रो चरणमा स्थान बनाएका छन्।
  • जोकोभिचले अस्ट्रेलियन ओपनमा आफ्नो १००औं जित पूरा गरेको र यो उपलब्धि विशेष र गर्वको क्षण भएको बताएका छन्।
  • उनले करिअरको सुरुवातमै सही मार्गदर्शन पाएको कारण लामो समयसम्म खेल्न सफल भएको उल्लेख गरेका छन्।

५ माघ, काठमाडौं । विश्व नम्बर ४ खेलाडी नोभाक जोकोभिचले पेड्रो मार्टिनेजलाई ६–३, ६–२ र ६–२ को सोझो सेटमा पराजित गर्दै अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा स्थान बनाएका छन्।

यो जितसँगै जोकोभिचले अस्ट्रेलियन ओपनमा आफ्नो १००औं जित पूरा गरेका छन्। कोर्टमै प्रतिक्रिया दिँदै जोकोभिचले यो उपलब्धि विशेष र गर्वको क्षण भएको बताए।

इतिहास बनाउनु करिअरको पछिल्लो चरणमा आफूलाई थप प्रेरणा बनेको उल्लेख गर्दै उनले उच्च स्तरको टेनिस खेल्न निरन्तर प्रयास गरिरहेको बताए।

साथै, करिअरको सुरुवातमै सही मार्गदर्शन पाएको कारण शरीर र मनको राम्रो हेरचाह गर्न सकेको र लामो समयसम्म खेल्न सफल भएको उनको भनाइ थियो।

३८ वर्षीय जोकोभिचले १० पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।

 

अस्ट्रेलियन ओपन टेनिस नोभाक जोकोभिच

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय