+
+
Shares

ट्रम्प प्रशासनको यात्रा प्रतिबन्धले अन्तर्राष्ट्रिय कलाकारहरूको भ्रमण धमाधम रद्द

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ट्रम्प प्रशासनले नयाँ यात्रा प्रतिबन्ध लगाउँदा अन्तर्राष्ट्रिय कलाकारहरूको अमेरिकी भ्रमण धमाधम रद्द हुन थालेको छ।
  • नयाँ नियम अनुसार \'उच्च जोखिम\' सूचीका ४० देशका जन्मिएका कलाकारहरूको भिसा प्रक्रिया रोकिएको छ।

हालै ट्रम्प प्रशासनले घोषणा गरेको नयाँ यात्रा प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय कलाकारहरूको भ्रमण धमाधम रद्द हुन थालेको छ । अमेरिकाले भिसा प्रक्रियामा गरेको कडाइका कारण यसअघि नै निश्चित भइसकेका धेरै अन्तर्राष्ट्रिय कलाकार, संगीत ब्यान्ड र थिएटर समूहहरूले अमेरिकी भ्रमणहरू रद्द गर्न बाध्य भएका हुन् ।

जसमा ग्रामी विजेता प्रख्यात अफ्रिकी गितार ब्यान्ड ‘टिनारिवेन’ समेत रहेको छ । यस ब्यान्डले अहिलेको अवस्थामा नै अमेरिकामा सांगीतिक भ्रमण गर्नु पूर्णरूपमा आशाहीन रहेको बताएको छ ।

अहिले अमेरिकी सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै क्युबा, हाइटी, नाइजर, लाओस, सियरा लियोन र सिरिया जस्ता देशहरूमा पूर्ण प्रतिबन्ध लगाएको छ । त्यस्तै युएस सिटीजनसिप एण्ड इमिग्रेसन सर्भिसेजले लागू गरेको नयाँ नियमले पनि अन्तर्राष्ट्रिय कलाकारहरू मारमा परेका हुन् ।

उक्त नियम अनुसार कुनै कलाकार प्रशासनको ‘उच्च जोखिम’ सूचीमा रहेका ४० देशमध्ये कतै जन्मिएको छ भने उसको नागरिकता अन्य देशको भए पनि भिसा प्रक्रिया रोकिने छ । यसैको शिकार बेलायती थिएटर समूह ‘क्वारन्टाइन’ भएका हुन् ।

न्यूयोर्कको ‘अण्डर द राडार’ फेस्टिभलमा सहभागी हुन लागेको यस समूहका दुई सदस्य बेलायती नागरिक भए पनि उनीहरूको जन्म नाइजेरियामा भएका कारण भिसा रोकिएको छ । यसरी भिसा रद्दको कारणले गर्दा आयोजकलाई करिब १ लाख ५० हजार डलरभन्दा बढीको घाटा भएको छ ।

त्यस्तै कतिपय कलाकारहरू भने भिसा प्रक्रिया शुल्कमा भारी वृद्धि गरिएका कारण समेत अमेरिका छिर्नसकेका छन् । यदि यो स्थिति कायम रहेमा अमेरिकाको सांस्कृतिक विविधता र पर्फमेन्स आर्टसको बजारमा ठूलो रिक्तता आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?