५ माघ, काठमाडौं । नेपाली कांग्रेसले कैलालीका पाँचवटै क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको छ ।
सोमबार सभापति गगन कुमार थापाले ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूलाई टिकट वितरण गरेका छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ ।
कांग्रेस कैलालीका सचिव केशव मिश्रले कैलालीका नेता भीम बडुवाललाई उद्धृत गर्दै पाँचवटै क्षेत्रका उम्मेदवार टुंगो लागेको जानकारी दिए ।
जसअनुसार, क्षेत्र नम्बर १ मा जनकराज चौधरी, २ मा विजय स्वार, ३ मा भिम बडुवाल, ४ मा वीर बहादुर बलायर र ५ मा नरनारायण शाह ‘मनु’ उम्मेदवार बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4