News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेकी नेतृ नविना लामाले पार्टीको टिकट वितरणको विधिप्रति असन्तुष्टि जनाएकी छन्।
- काभ्रे–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा उनको नाम सिफारिस भए पनि उनले टिकट पाइनन्।
- लामाले पार्टीलाई जिताउने अभियानमा सक्रिय हुने प्रतिबद्धता जनाउँदै पार्टीले योगदानको सही मूल्यांकन गर्ने आशा व्यक्त गरेकी छन्।
५ माघ, काठमाडौ । नेकपा एमालेकी नेतृ नविना लामाले पार्टीको टिकट वितरणको विधिप्रति असन्तुष्टि जनाएकी छन् ।
काभ्रे–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा उनको नाम पनि सिफारिस भएको थियो । तर अनेरास्ववियुका पूर्व अध्यक्ष लामाले टिकट पाइनन् ।
आफूले टिकट नपाएपछि लामाले देखिनेगरी असन्तुष्टि जनाएकी छन् । एमालेले टिकट नदिएका उपमहासचिव योगेश भट्टराईको भिडियो सन्देश शेयर गरेर लामाले समर्थन जनाएकी छन् । ‘दाइ, हामी सधैं तपाईको साथमा छौं,’ उनले लेखेकी छन् । तर एमालेलाई बलियो बनाउने र पार्टीका उम्मेदवारहरु जिताउने अभियानमा सक्रिय हुने प्रतिबद्धता पनि गरेकी छन् ।
‘यो पार्टीसँग मेरो ३० वर्षको यात्रा जोडिएको छ,’ उनी भन्छिन्, ‘१२ वर्षको उमेरदेखि आजसम्म दिएको उर्जा, पसिना र समर्पण यही छ । अहिलेको मुख्य जिम्मेवारी पार्टीलाई जिताउनु हो ।’
तर पार्टीभित्र सिनियर, लामो योगदान, दु:ख र मेहनत गरेका, जित्ने उम्मेदवारहरुलाई नदिइनु दु:खको कुरा भएको उनी तर्क गर्छिन् । ‘यस्ता निर्णयले कार्यकर्ताको मनोवलमा असर पार्छ । यो बेला पार्टी एक बनाउने बेला हो,’ लामा भन्छिन्, ‘आशा छ, पार्टीले यो यथार्थलाई गम्भीर रुपमा समीक्षा गर्नेछ र योगदानको सही मूल्याकंन हुने संस्कार बलियो बनाउनेछ ।’
प्रतिक्रिया 4