+
+
Shares

विजय लघुवित्तको एफपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विजय लघुवित्तको एफपीओ बाँडफाँट भएको छ र ४६ हजार ६८१ जनाले सेयर पाएका छन्।
  • एफपीओमा २१ लाख ९६ हजार ३४ जनाको आवेदन स्वीकृत भएको थियो र २१ लाख ४९ हजार ३५३ जनाको हात रित्तो भएको छ।
  • एफपीओ निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ७९ करोड २२ लाख ५९ रुपैयाँ पुगेको छ र सेयर मूल्य प्रतिकित्ता ७६७ रुपैयाँ छ।

६ माघ, काठमाडौं । विजय लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत एफपीओ बाँडफाँट गरेको छ।

एफपीओमा २१ लाख ९६ हजार ३४ जनाको आवेदन स्वीकृत भएको थियो । जसमध्ये ४६ हजार ६८१ जनाले सेयर पाएका छन् । सेयर पाएकामध्ये ७ जनाले ११ कित्ताका दरले पाएका छन् भने बाँकीले १० कित्ताका दरले पाएका छन् ।

एफपीओको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ । आवेदन स्वीकृत भएकामध्ये २१ लाख ४९ हजार ३५३ जनाको हात रित्तो भएको छ ।

नयाँ सारथी लघुवित्तसँग मर्ज भएपछि सर्वसाधारण समूहमा ३० प्रतिशत सेयर हिस्सा पुर्‍याउन कम्पनीले एफपीओ जारी गरेको थियो । बैंक तथा वित्तीय संस्थाको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी हुनुपर्ने नीतिगत व्यवस्था छ ।

एफपीओ निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ७९ करोड २२ लाख ५९ रुपैयाँ पुगेको छ । हाल सेयर बजारमा यस कम्पनी कारोबार भइरहेको छ । कुल ७४ लाख ५० हजार ४०४ कित्ता सेयर बजारमा सूचीकृत छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ७६७ रुपैयाँ छ ।

गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२.६२ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ छ । देशभर कारोबार गर्न इजाजत पाएको यसको मुख्य कार्यालय धुलिखेलमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?