+
+
Shares

काठमाडौं- ६ मा कांग्रेसले सबुज बानियाँलाई बनायो उम्मेदवार

नेपाली कांग्रेसले काठमाडौं–६ मा सबुज बानियाँलाई उम्मेदवार बनाउने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते ११:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले काठमाडौं–६ मा सभापति सबुज बानियाँलाई उम्मेदवार बनाउने संसदीय बोर्डले निर्णय गरेको छ।
  • बानियाँले यसअघि काठमाडौं–६ बाट टिकट पाएका थिएनन् र अघिल्लो निर्वाचनमा कांग्रेसले भिमसेनदास प्रधानलाई उम्मेदवार बनाएको थियो।
  • बानियाँ दुईपटक काठमाडौंको सभापति बनेका छन् र सोही क्षेत्रका बासिन्दा हुन्।

६ माघ, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं–६ मा सबुज बानियाँलाई उम्मेदवार बनाउने भएको छ । काठमाडौं सभापति समेत रहेका बानियाँलाई उम्मेदवार बनाउने संसदीय बोर्डले निर्णय गरेको हो ।

यसअघि पनि काठमाडौं–६ बाट आकांक्षी रहेका उनले टिकट पाएका थिएनन् । उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा भिमसेनदास प्रधानलाई कांग्रेसले उम्मेदवार बनाएको थियो । दुईपटक काठमाडौंको सभापति बनेका बानियाँ यसै क्षेत्रका बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?