News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।
- बुढाले ठूलीभेरी नगरपालिका–३ दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
- मनोनयन दर्तापश्चात् बाजागाजासहित समर्थकहरूले दुनै बजार क्षेत्रमा र्याली निकालेका छन्।
६ माघ, डोल्पा । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले मनोनयन दर्ता गराएका छन् ।
डोल्पा प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्ला हो । बुढाले ठूलीभेरी नगरपालिका–३ दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको मनोनयन गराएका हुन् ।
मनोनयन दर्ताका क्रममा उम्मेदवार बुढासहित नेकपाका नेता तथा कार्यकर्ताको समूह मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो ।
मनोनयन दर्तापश्चात् बाजागाजासहित उम्मेदवारका समर्थकहरूले सदरमुकाम दुनै बजार क्षेत्रमा र्याली निकाले ।
नेकपाका उम्मेदवार बुढा २०७० सालको संविधानसभा, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी उम्मेदवार हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4