+
+
Shares

‘धुरन्धर २’ लाई एडल्ट सर्टिफिकेट, नाम राखियो- ‘धुरन्धर : द रिभेन्ज’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'धुरन्धर २' को टिजर सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनमा पठाइएको छ र यसलाई एडल्ट सर्टिफिकेट दिइएको छ।
  • 'धुरन्धर : द रिभेन्ज' मार्च १९ मा प्रदर्शनमा आउनेछ र यसको टिजर जनवरी २३ मा 'बोर्डर २' सँगै हलमा देखाइनेछ।
  • पहिलो भाग 'धुरन्धर' हिन्दी संस्करणमा भारतमा सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ र विश्वव्यापी रूपमा दोस्रो स्थानमा छ।

मुम्बई । ‘धुरन्धर’ का फ्यानका लागि खुसीको खबर छ ! यो फिल्मको दोस्रो भागको टिजर छिट्टै सार्वजनिक गरिने भएको छ । यससँगै फिल्मको शीर्षक पनि तय भएको बलिउड संचारमाध्यमले जनाएका छन् ।

सोमबार ‘धुरन्धर २’ को टिजर सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनमा पठाइएको थियो । यो टिजर १ मिनेटभन्दा लामो छ । बलिउड हंगामाको रिपोर्ट अनुसार, फिल्मको दोस्रो भागको पूरा नाम ‘धुरन्धर : द रिभेन्ज’ रहनेछ ।

सेन्सर बोर्डले फिल्मको टिजर हेरेपछि यसलाई एडल्ट सर्टिफिकेट दिँदै पास गरेको छ । यसअघि ‘धुरन्धर पार्ट १’ मा पनि अत्यधिक हिंसात्मक दृश्य भएका कारण ’ए’ सर्टिफिकेट नै दिइएको थियो ।

यति हुँदाहुँदै पनि फिल्मले बक्स अफिसमा निकै राम्रो कमाइ गरेको थियो । यो फिल्म ‘ए’ सर्टिफिकेट प्राप्त गर्ने फिल्ममध्ये सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनिसकेको छ ।

सनी देओल अभिनित फिल्म ‘बोर्डर २’ जनवरी २३ मा प्रदर्शन हुँदैछ । यस फिल्मको प्रदर्शनसँगै हलहरूमा ‘धुरन्धर २’ को टिजर पनि देखाइने भएको छ । हलमा प्रदर्शन भएको केही समयपछि मात्र यो टिजर डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिनेछ ।

‘धुरन्धर : द रिभेन्ज’ १९ मार्चमा प्रदर्शनमा आउने तयारीमा छ । बक्स अफिसमा यो फिल्मको सीधा प्रतिस्पर्धा केजीएफ स्टार यशको बहुप्रतिक्षित फिल्म ‘टक्सिक’ सँग हुनेछ ।

‘टक्सिक’ को टिजर यसअघि नै सार्वजनिक भइसकेको छ, जसलाई दर्शकले निकै मन पराएका छन् । यद्यपि, केही ‘बोल्ड’ दृश्यका कारण यो फिल्मको टिजर यतिबेला विवादमा पनि तानिएको छ ।

रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर’ हिन्दी संस्करणतर्फ भारतमा सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ, जसले त्यहाँको बक्सअफिसमा मात्र ८७९.७५ करोड भारु कमाएको छ ।

यति मात्र होइन, विश्वव्यापी कमाइको मामलामा यो फिल्म आमिर खानको ’दंगल’ (१९६३ करोड भारु) पछि दोस्रो स्थानमा परेको छ । ‘धुरन्धर’ ले हालसम्म विश्वभरबाट १३२८.२३ करोड भारु व्यापार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?