+
+
Shares

२४ भदौको विध्वंसमा विदेशी शक्तिको घुसपैठ थियो : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा नेता वर्षमान पुन अनन्तले नेपाल भूराजनीतिक द्वन्द्वको पचेटामा पर्ने खतरा रहेको बताएका छन्।
  • पुनले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वाधीनताको पक्षमा उम्मेदवारी दिएको र रोल्पाली जनताको शिर झुक्ने नदिने प्रतिबद्धता जनाएका छन्।
  • उनले २४ भदौको विध्वंसमा विदेशी शक्तिको घुसपैठ भएको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता चुनौतीपूर्ण मोडमा रहेको बताए।

६ माघ, रोल्पा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले नेपाल भूराजनीतिक द्वन्द्वको पचेटामा पर्ने खतरा रहेको बताएका छन् ।

आगामी २१ फागुनमा हुने प्रतिनिभिसभा निर्वाचनका लागि मंगलबार गृहजिल्ला रोल्पाबाट उम्मेदवारी दर्ता गराएपछि सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् ।

दक्षिण एसियाली मुलुकहरू श्रीलंका र बंगलादेशपछि नेपालमा विदेशी शक्तिको खिचातानी देखिएको उनको भनाइ छ । आगामी निर्वाचनमा राष्ट्वादी शक्तिलाई विजयी गराएर सम्भावित भूराजनीतिक द्वन्द्व टार्न मतदाताले विवेकपूर्ण निर्णय गर्ने विश्वास उनको थियो ।

पुनले २३ भदौमा भएको नवयुवाको आन्दोलन जायज भए पनि २४ भदौको विध्वंसमा देशी विदेशी शक्तिको घुसपैठ भएको टिप्पणी गरे । राष्ट्रिय स्वाधीनता चुनौतीपूर्ण मोडमा रहेको भन्दै उनले अज्रगले जोगाएर ल्याएको देश भावी पुस्तालाई सग्लै हस्तान्तरण गर्न सकिन्छ या सकिँदैन भन्ने चुनौती खडा भएको बताए ।

देशको राजनीति के हुन्छ भन्ने सकिने अवस्था छैन । श्रीलंका, बंगलादेशपछि विश्व शक्तिहरूको खिचातानीले नेपाल भूराजनीतिक द्वन्द्वबाट प्रभावित भएको छ ।

२४ भदौको विध्वंसमा विदेशी विदेशी शक्तिको घुसपैठ भयो,’ पुनले भने, ‘राष्ट्रिय स्वाधीनता चुनौतीपूर्ण बनेको छ । अग्रजहरूले बनाएको देश सग्लै राखेर भावी पुस्तालाई हस्तान्तरण गर्न सक्छौं कि सक्दैनौं ? त्यो चुनौती आज उभिएको छ ।’

आफ्नो उम्मेदवारी राष्ट्रिय स्वाधीनताको पक्षमा रहेको भन्दै उनले रोल्पाली जनताको शिर झुक्ने नदिने प्रतिबद्धता जनाए ।

आफ्ना चिरपरिचित प्रतिद्वन्द्वी कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जिल्ला छाडेको र मुख्य चुनाव प्रचारक सन्तोष सुवेदी नै नेकपा प्रवेश गरेपछि नेत्रविक्रम चन्द विप्लवले उम्मेदवारी नदिने घोषणा गरेसँगै आफ्नो जित सुनिश्चित भएको उनको भनाइ थियो ।

‘रोल्पा गणतन्त्र, संघीयता र समावेशीताका लागि सबैभन्दा धेरै बलिदान गरेको जिल्ला हो । यहाँ हाम्रो पार्टीको जग भत्काउँछु भनेर सबै पार्टी लागेका छन् । बलिदानबाट बनेको यो जग भत्काउन दिँदैनौं,’ पुनले भने । उनले स्वच्छ र मैत्रीपूर्ण चुनावी प्रतिस्पर्धामा सहभागी हुन सबैलाई आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?