News Summary
Generated by OK AI. Editorially reviewed.- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेपाली कांग्रेसका चतुरबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन्।
- चन्द नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष समेत रहेका छन् र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
- नेपाली कांग्रेसले ८ वर्षपछि बैतडीमा प्रत्यक्ष रुख चिन्ह लिएर चुनावमा सहभागी हुँदैछ।
६ माघ ,बैतडी । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेपाली कांग्रेसबाट चतुरबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष समेत रहेका चन्दले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । बैतडीमा नेपाली कांग्रेस ८ वर्षपछि प्रत्यक्ष रुख चिन्ह लिएर जनतामाझ जाँदै छ ।
२०७४ सालमा नरबहादुरचन्द रुख चिह्नबाट चुनाव लडेका थिए । त्यसको ८ वर्षपछि नेपाली कांग्रेसका जिल्ला सभापति एवम् नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले टिकट पाएका हुन् ।
२०७९ मा तत्कालीन नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेकोमा माओवादी केन्द्रका नरेन्द्र कुवँरका लागि कांग्रेसले भोट मागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4