+

महिला टी-२० विश्‍वकप ग्लोबल छनोट : स्कटल्यान्डमाथि नेदरल्यान्ड्सको जित

२०८२ माघ  ६ गते १७:११ २०८२ माघ ६ गते १७:११
महिला टी-२० विश्‍वकप ग्लोबल छनोट : स्कटल्यान्डमाथि नेदरल्यान्ड्सको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई ७ रनले पराजित गरेको छ।
  • नेदरल्यान्ड्सले १५८ रनको लक्ष्य दिएको थियो र स्कटल्यान्डले २० ओभरमा १५० रन मात्र बनाउन सक्यो।
  • स्टेर कालिसले अविजित ८७ रन बनाइन् भने क्याथरिन ब्राइसले स्कटल्यान्डका लागि सर्वाधिक ४२ रन बनाइन्।

६ माघ, काठमाडौं । आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटमा नेपालको समूहमा रहेको नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको समूह ‘बी’ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई ७ रनले पराजित गरेको हो । नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनायो ।

अन्तिम ओभरमा ११ रन चाहिएको अवस्थामा स्कटल्यान्डले ३ रन मात्र जोड्न सक्यो । १६ ओभरमा ११६-३ को अवस्थामा रहेको स्कटल्यान्डले बीचमा विकेट गुमाएर लय गुमाउँदा जित निकाल्न सकेन ।

स्कटल्यान्डका लागि कप्तान क्याथरिन ब्राइसले सर्वाधिक ४२ रन बनाइन् । क्याथरिन फ्रेजरले ४१ रन बनाइन् । सारा ब्राइसले ३० रन बनाइन् ।

नेदरल्यान्ड्सका लागि क्यारोलिन डे लाङले २ तथा आइरिस ज्विलिङ र हिथर सिगर्सले १-१ विकेट लिए ।

त्यसअघि टस जितर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ६ विकेट गुमाएर १५७ रन बनाएको थियो । स्टेर कालिसले अविजित ८७ रनको शानदार पारी खेलिन् । कप्तान बाबेट डे लिड र हिथर सिगर्सले समान १८ रन बनाए ।

स्कटल्यान्डका लागि रचेल स्लेटरले ३ विकेट लिइन् । क्याथरिन ब्राइस, अब्ता मकसुद र कोल एबेलले १-१ विकेट लिए ।

नेदरल्यान्ड्सले पहिलो खेलमा जिम्बाबेलाई पराजित गरेको थियो ।

महिला टी-२० विश्वकप ग्लोबल छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय