६ माघ, जनकपुरधाम । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस क्षेत्रबाट उनी २०७४ सालको निर्वाचनमा राजेन्द्र महतोसँग पराजित भएका थिए । २०७९ सालमा यस क्षेत्रबाट नेकपा एमालेकी जुली महतो निर्वाचित भएकी थिइन् ।
धनुषा-३ बाटै जुलीले मंगलबार उम्मेदवारी दर्ता गराएकी छिन् । उनले २०७९ सालको निर्वाचनमा निधिलाई पराजित गरेकी थिइन् ।
यसै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4