६ माघ, काठमाडौं । १६५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी उम्मेदवारी रुपन्देहीमा परेको छ ।
निर्वाचन आयोगका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा ३५ र रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा ३७ जनाको उम्मेदवारी परेको छ ।
सबैभन्दा कम मुस्ताङमा ४ जनाको उम्मेदवारी परेको छ । मनाङमा ५ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता भएको छ । यसमा महिलाको संख्या ३०३ छ । पुरुष उम्मेदवारको संख्या भने २ हजार ३५२ रहेको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत १३ र १४ पुसमा भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भएको हो ।
प्रतिक्रिया 4