+

खेल क्षेत्रबाट कोको छन् प्रतिनिधिसभा चुनावमा उम्मेदवार ?

२०८२ माघ  ६ गते २१:४२ २०८२ माघ ६ गते २१:४२
खेल क्षेत्रबाट कोको छन् प्रतिनिधिसभा चुनावमा उम्मेदवार ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बैतडीबाट नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
  • अन्तर्राष्ट्रिय बास्केटबल खेलाडी अजय कुशवाहा नेपाली कम्युनिष्ट पार्टीबाट बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा उम्मेदवार बनेका छन्।
  • पूर्व खेलकुदमन्त्री बब्लु गुप्ताले सिराहा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन् र सुशासनका लागि अभियान समर्पित रहेको बताएका छन्।

६ माघ, काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि खेल क्षेत्रबाट केही संख्यामा उम्मेदवार देखिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बैतडीमा नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गराएका छन् । बैतडीमा नेपाली कांग्रेस ८ वर्षपछि प्रत्यक्ष रुख चिन्ह लिएर जनतामाझ जाँदै छ ।

यस्तै बास्केटबलका अन्तर्राष्ट्रिय खेलाडी अजय कुशवाहा बारा जिल्लाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् । नेपाली कम्युनिष्ट पार्टीले बारा क्षेत्र नम्बर ४ बाट बास्केटबल खेलाडी तथा युवा नेता अजयलाई प्रतिनिधसभा चुनावका लागि उम्मेदवार बनाएको हो ।

यस्तै अन्तरिम सरकारमा खेलकुदमन्त्री रहेका बब्लु गुप्ताले सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी घोषणा गर्दै गुप्ताले यो अभियान व्यक्तिगत स्वार्थका लागि नभई सुशासन, पारदर्शिता, जवाफदेहीता र विकासमुखी राजनीति स्थापनाका लागि समर्पित रहेको बताएका छन् ।

नेपाली खेलकुद प्रतिनिधिसभा चुनाव २०८२

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय