+
+
Shares

बैतडीमा कांग्रेसको तर्फबाट क्यान अध्यक्ष चन्दले दर्ता गराए उम्मेदवारी 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेपाली कांग्रेसका चतुरबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन्।
  • चन्द नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष समेत रहेका छन् र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
  • नेपाली कांग्रेसले ८ वर्षपछि बैतडीमा प्रत्यक्ष रुख चिन्ह लिएर चुनावमा सहभागी हुँदैछ।

६ माघ ,बैतडी ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेपाली कांग्रेसबाट चतुरबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष समेत रहेका चन्दले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । बैतडीमा नेपाली कांग्रेस ८ वर्षपछि प्रत्यक्ष रुख चिन्ह लिएर जनतामाझ जाँदै छ ।

२०७४ सालमा नरबहादुरचन्द रुख चिह्नबाट चुनाव लडेका थिए । त्यसको ८ वर्षपछि नेपाली कांग्रेसका जिल्ला सभापति एवम् नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले टिकट पाएका हुन् ।

२०७९ मा तत्कालीन नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेकोमा माओवादी केन्द्रका नरेन्द्र कुवँरका लागि कांग्रेसले भोट मागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?