+
+
Shares

एमालेमा आधा उम्मेदवार नयाँ अनुहार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते २२:०९

६ माघ, काठमाडौं । नेकपा एमालेले यसपटक आधा भन्दा बढी उम्मेदवार नयाँ व्यक्तिलाई बनाएको छ ।

प्रचार संयोजक मीनबहादुर शाहीले वक्तव्य जारी गर्दै ५४.५४ प्रतिशत उम्मेदवारले पहिलोपटक टिकट पाएको बताएका छन् । ‘यसपालि नेकपा एमालेले अगाडि सारेको सिंगो उम्मेदवार संख्या मध्ये ५४.५४ प्रतिशत नया अनुहार रहेका छन्,’ बक्तव्यमा भनिएको छ ।

त्यसमध्ये सबैभन्दा बढी कर्णालीमा ७५ प्रतिशत नयाँ उम्मेदवार छन् । गण्डकीमा ६१.११, बागमतीमा ६०.६० र कोशीमा ५३.५७, प्रतिशत नयाँ उम्मेदवार उठाएको बक्तव्यमा उल्लेख छ ।

मधेश र सुदूरपश्चिममा आधा उम्मेदवार नयाँ छन् भने लुम्बिनीमा ४२.३० प्रतिशत उम्मेदवार नयाँ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?