News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय अभिनेता प्रदीप रावत आफू अभिनित नेपाली फिल्म ‘आबाट आमा’ प्रवर्द्धनको लागि काठमाडौं आइपुगेका छन्।
- उनले ‘आबाट आमा’ को ट्रेलर सार्वजनिक समारोहमा सहभागी हुने र १६ माघदेखि देशब्यापी प्रदर्शन हुने जानकारी दिएका छन्।
- रावतले नेपाली फिल्ममा पुनः काम गर्न पाउनु खुसीको कुरा र नेपालमा आफूलाई घरमा बसेको जस्तो महसुस हुने बताएका छन्।
काठमाडौं । चर्चित भारतीय अभिनेता प्रदीप रावत आफू अभिनित नेपाली फिल्म ‘आबाट आमा’ प्रवर्द्धनको लागि आइपुगेका छन् । आमिर खान स्टारर बलिउड फिल्म ‘गजिनी’ मा खलनायकको भूमिका निर्वाह गरेर विश्वचर्चित बनेका उनी आफू अभिनित दोस्रो नेपाली फिल्मको प्रचारलाई काठमाडौं उत्रिएका हुन् ।
यसअघि उनले नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा अभिनय गरेका थिए । उनी नेपाल आउने र जाने अब नयाँ कुरा रहेन । हालै उनले ‘आबाट आमा’ को छायांकनको लागि नेपालका विभिन्न स्थानमा महिनौं बिताएका छन् ।
बुधबार दिउँसो ट्रेलर सार्वजनिक हुँदैछ र त्यो समारोहमा रावत सहभागी हुने अपेक्षा छ । चन्द्र पन्त निर्देशित फिल्म चाहिँ १६ माघदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।
फिल्म रिलिज हुन एकसाता बाँकी रहँदा रावत पुनः नेपाल आएका हुन् । यसपटक उनले फिल्म प्रवद्र्धनका लागि काठमाडौंमा लामै समय बिताउनेछन् । मंगलबार बेलुका काठमाडौं आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा को–एक्टर विपना थापा लगायतले स्वागत गरे ।
एयरपोर्टमा संचारकर्मीसँग कुरा गर्दै उनले पुनः नेपाली फिल्ममा काम गर्न पाउनु आफ्नो लागि खुसीको कुरा रहेको बताए भारतीय फिल्ममा भिलेनको रूपमा आफ्नो छाप बनेको भए पनि ‘आ बाट आमा’मा निर्देशकले आफूलाई फरक भूमिकामा प्रस्तुत गरेकोमा उनले खुसी व्यक्त गरे ।
नेपालमा बस्दा आफूलाई घरमा बसेको जस्तो महसुस हुने उनले बताए । ‘हिन्दुस्तान र नेपालको आमा एउटै हुन् । पशुपतिनाथ तपाईंहरूको जस्तै हाम्रो पनि इष्ट देउता हुन् । यसैले नेपाली र हामी एउटै रगतका हौं । मात्र बोर्डरले देश छुट्टिएको छ । मलाई नेपाल आउँदा आफ्नै घरमा बसेको छु जस्तो लाग्छ’ उनले भनेका छन् ।
प्रतिक्रिया 4