+
+
Shares

रास्वपाले प्रत्यक्षमा उठाएका यी हुन् १७ महिला उम्मेदवार

रास्वपाले कोशीमा ५, मधेश र बागमतीमा ४/४ जना महिला उम्मेदवार बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते १६:४०

७ माघ, काठमाडौं । विघटित प्रतिनिधि सभाको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आसन्न चुनावका लागि प्रत्यक्षतर्फ १६ महिला उम्मेदवार बनाएको छ ।

रास्वपाले कोशीमा ५, मधेश र बागमतीमा ४/४ जना महिला उम्मेदवार बनाएको छ ।

गण्डकी र सुदूरपश्चिमा १/१ र कर्णालीमा २ जना महिला रास्वपाको उम्मेवार बनेका छन् । लुम्बिनीमा भने रास्वपाबाट महिला उम्मेदवार बन्न सकेनन् ।

कोशीका २८ क्षेत्रमा सुनसरीमा १ झापा र मोरङबाट २/२ जना उम्मेदवार बनेका छन् । पूर्व उपसभामुख इन्दिरा रानामगरलाई झापा–२ बाट उम्मेदवार बनाइएको छ । झापा–१ बाट यसअघि समानुपातिक सांसद रहेकी १ निशा डाँगीलाई उम्मेदवार बनाइएको छ ।

सुनसरी–१ मा सरिन तामाङलाई रास्वपाले उम्मेदवार बनाएको छ । उनी गत निर्वाचनमा पनि यही क्षेत्रमा प्रतिस्पर्धी हुन् । मोरङ–५ मा आशा झा र मोरङ ६ मा रुविना आचार्यलाई रास्वपाले उम्मेदवार बनाएको छ ।

मधेशका ३२ क्षेत्रमा चार जना महिलालाई रास्वपाले उम्मेदवार बनाएको छ । मधेशबाट रास्वपाले उम्मेदवार बनाएका महिलाहरुमा सप्तरी–१ मा पुष्पा चौधरी, धनुषा–१ मा किशोरी साह, महोत्तरी ४ मा गौरीकुमारी यादव र सर्लाही–१ मा नितिमा कार्की छन् ।

३३ क्षेत्र रहेको बागमती पनि रास्वपाबाट ४ महिलालाई रास्वपाले उम्मेदवार बनाएको छ । सामाजिक अभियन्ता आशिका तामाङ धादिङ–१ बाट प्रतिस्पर्धी बनेकी छन् । काठमाडौं–१ मा रञ्जु दर्शना उम्मेदवार बनिन् । समानुपातिकतर्फ उम्मेदवारको सूचीबाट हटाएर उनलाई प्रत्यक्षको उम्मेदवार बनाइएको छ । गत निर्वाचनमा काठमाडौं–२ मा निर्वाचित सोविता गौतमले चितवन–२ बाट उम्मेदवार बनिन् ।

१८ निर्वाचन क्षेत्र रहेको गण्डकीमा रास्वपाबाट एकजना मात्रै उम्मेदवार बन्न पाउने विना गुरुङ बनेकी छन् । उनलाई कास्की –३ बाट उम्मेदवार बनाइएको छ । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा हुम्लामा टासी ल्हाजोम र जुम्लामा विनिता कठायत उम्मेदवार बनेका छन् । वातावरणको क्षेत्रमा कार्यरत टासीको नाम समानुपातिकको सूचीबाट हटाएर प्रत्यक्षमा उठाइएको हो । विघटित संसदमा समानुपातिक सांसद रहेकी कठायत प्रत्यक्षमा उठेकी छन् ।

१६ क्षेत्र रहेको सुदूरपश्चिममा रास्वपाबाट सुदूरपश्चिममा कैलाली–१ बाट कोमल ज्ञवाली उम्मेदवार बनिन् । २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा भने महिला उम्मेदवार उठाइएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?