+

आईसीसीले भन्यो : टी-२० विश्‍वकपको तालिका र स्थान हेरफेर हुँदैन

२०८२ माघ  ७ गते २०:२७ २०८२ माघ ७ गते २०:२७
आईसीसीले भन्यो : टी-२० विश्‍वकपको तालिका र स्थान हेरफेर हुँदैन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप २०२६ को तालिका र स्थान हेरफेर नहुने स्पष्ट पारेको छ।
  • आईसीसीले बंगलादेश क्रिकेट बोर्डको आग्रहपछि पनि बंगलादेशका सबै खेल भारतमै हुने निर्णय गरेको छ।
  • आईसीसीले सुरक्षा मूल्यांकनमा कुनै खतरा नदेखिएको र तालिका परिवर्तनले प्रतियोगिताको निष्पक्षतामा असर पर्ने भन्दै निर्णय गरेको हो।

७ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप २०२६ हालको तालिकाअनुसार नै अघि बढ्ने स्पष्ट पारेको छ। आईसीसीले विज्ञप्ति जारी गरेर तालिका र स्थान हेरफेर नहुने जनाएको हो ।

बुधबार (जनवरी २१) भर्चुअल रूपमा बसेको आईसीसी बोर्ड बैठकले यो निर्णय गरेको हो। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आफ्ना खेल भारतबाट सारेर श्रीलंकामा गराउन आग्रह गरेपछि बैठक बोलाइएको थियो। जसअनुसार बंगलादेशका सबै खेल पूर्वनिर्धारित तालिकाअनुसार भारतमै आयोजना हुनेछन्।

आईसीसीले स्वतन्त्रसहित सबै सुरक्षा मूल्यांकनको समीक्षा गर्दा भारतका कुनै पनि खेलस्थलमा बंगलादेशी खेलाडी, अधिकारी, सञ्चारकर्मी र समर्थकलाई खतरा नरहेको निष्कर्ष निकालेको जनाएको छ। त्यसैले प्रतियोगिताको यति नजिकै आएर तालिका परिवर्तन गर्नु व्यवहारिक नहुने आईसीसीको ठहर छ।

आईसीसीले बीसीबीसँग लगातार छलफल गर्दै विस्तृत सुरक्षा योजना र केन्द्र तथा राज्यस्तरीय सुरक्षा व्यवस्था सम्बन्धी जानकारी उपलब्ध गराएको पनि जनाएको छ। तर बीसीबीले घरेलु लिगसँग सम्बन्धित एक छुट्टै विषयलाई जोड्दै आफ्नो अडान नछोडेको आईसीसीको तर्क छ।

आईसीसीका अनुसार विश्वकपका खेलस्थल र तालिकासम्बन्धी निर्णय सुरक्षा मूल्यांकन, आयोजकको सुनिश्चितता र सबै सहभागी २० राष्ट्रमा समान रूपमा लागू हुने नियमका आधारमा गरिन्छ।

सुरक्षा जोखिम नदेखिएको अवस्थामा खेल सार्दा अन्य टोली, समर्थक र प्रतियोगिताको निष्पक्षतामाथि असर पर्ने भन्दै आईसीसीले तालिका नबदल्ने निर्णय गरेको हो।

आईसीसीले विश्व क्रिकेटको साझा हित, निष्पक्षता र खेलको गरिमा जोगाउन प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ।

आईसीसी टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय