News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले इयू टी–२० लिग बेल्जियमका लागि नाम दर्ता गराएका छन्।
- युरोपियन टी–२० लिगको बेल्जियम संस्करण २०२६ मे ३० देखि जुन ७ सम्म आयोजना हुने तालिका छ।
- २०० भन्दा बढी अन्तर्राष्ट्रिय खेलाडीले नाम दर्ता गराएपछि लिगले ध्यान खिचेको छ।
७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले पनि इयू टी–२० लिग बेल्जियमका लागि नाम दर्ता गराएका छन्।
सन्दीपले बुधबार आफ्नो नाम दर्ता गराएका हुन् । यसअघि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पनि नाम दर्ता गराइसकेका छन् ।
युरोपियन टी–२० लिगको बेल्जियम संस्करण २०२६ मे ३० देखि जुन ७ सम्म आयोजना हुने तालिका छ।
प्रतियोगितामा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट र ब्रसेल्सका छ टोली सहभागी हुनेछन्।
डिसेम्बर २६ बाट सुरु भएको खेलाडी दर्ता प्रक्रियामा ४८ घण्टाभित्र २०० भन्दा बढी अन्तर्राष्ट्रिय खेलाडीले नाम टिपाएपछि लिगले ध्यान खिचेको छ।
दक्षिण अफ्रिकाका रासी भान डर डुसेन, श्रीलंकाका एन्जेलो म्याथ्युज र वानिन्दु हसरङ्गा जस्ता चर्चित खेलाडीले पनि यस लिगका लागि नाम दर्ता गराएका छन् ।
प्रतिक्रिया 4