+
+
WC Series
Nepal Women
138/7 (20)
VS
Netherlands won by 2 runs
Won Netherlands Women
140/5 (20)
Shares

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १०:४२

८ माघ, बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म१त १०१३ नम्बरको ट्याक्टर आज बिहान साडे ९ बजेको समयमा पाटन नगरपालिका-८ को अनारखोलिमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भएको छैन ।

दुर्घटनामा ३ जना घाइते भएको खोड्पे प्रहरी चौकीका इन्चार्ज उदयसिंह खडायतले जानकारी दिए ।   घाइतेहरूको पनि परिचय नखुलेको खडायतले बताए । ‘भर्खरै उद्दारको काम गर्यौं, घाइतेहरूलाई डडेल्धुरा अस्पताल पठाएका छौं, सबै विवरण खुल्न बाकी छ’, प्रहरी इन्चार्ज खडायतले भने ।

ट्याक्टरमा चालकसहित ४ जना सवार रहेको बुझिएको छ । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको छ ।

तस्वीर सौजन्य : खडक ऐर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?