+

दुई खेलाडीसहित तीन सदस्यीय तेक्वान्दो टोली भारत प्रस्थान

२०८२ माघ  ८ गते १४:४६ २०८२ माघ ८ गते १४:४६
दुई खेलाडीसहित तीन सदस्यीय तेक्वान्दो टोली भारत प्रस्थान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईटीएफ नेपालका तीन सदस्यीय टोली जनवरी २४ देखि २६ सम्म भारतको बंगलोरमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा प्रशिक्षक तालिममा सहभागी हुन बिहीबार भारत प्रस्थान गरेको छ।
  • प्रतियोगितामा नेपाल, भारत, मलेसिया, बेलायत र अफगानिस्तानका खेलाडी तथा प्रशिक्षकहरू सहभागी हुनेछन् र आस्तिक नकर्मीले व्यक्तिगत स्पायरिङ ७० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।
  • आईटीएफ नेपालका संस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेतले तालिममा सहायक र प्रतियोगितामा निर्देशकको भूमिका निर्वाह गर्नेछन्।

८ माघ, काठमाडौं । भारतको बंगलोरमा यही जनवरी २४ देखि २६ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता तथा अन्तर्राष्ट्रिय प्रशिक्षक तालिममा सहभागी हुने तेक्वान्दो आईटीएफ नेपालका तीन सदस्यीय टोली बिहीबार भारत प्रस्थान गरेको छ ।

प्रतियोगितामा नेपाल, भारत, मलेसिया, बेलायत तथा अफगानिस्तानका खेलाड़ी तथा प्रशिक्षकहरूको सहभागीता हुनेछ । जहाँ आईटीएफ नेपालका खेलाडी एवं सहायक प्रशिक्षक आस्तिक नकर्मीले व्यक्तिगत स्पायरिङ अन्तर्गत ७० केजी तौल समूहमा र तेस्रो डान प्याटर्नमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै शान्त कुमार राना मगरले ६५ केजी तौल समूह तथा दोस्रो डान प्याटर्नमा प्रतिस्पर्धा गर्ने छन् ।

यसैगरी अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष ग्रांन्ड मास्टर ट्रेवर निकोल्सले २४ र २५ तारिखमा सञ्चालन गर्ने तालिममा आईटीएफ नेपालका संस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेतले सहायकको भूमिका निर्वाह गर्नेछन् ।

उनले जनवरी २६ मा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगीतामा निर्देशकको भूमिका निर्वाह गर्नेछन् ।

सहभागी टोली लाई ताईक्वाण्डो आईटीएफ नेपालका खेलाडी एवं प्रशिक्षकहरूले बिदाइ गरेका थिए ।

तेक्वान्दो आईटीएफ नेपाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय