+

राष्ट्रिय लिग फुटबलमा एनआरटीले काँक्रेविहारलाई हरायो

२०८२ माघ  ८ गते १७:२६ २०८२ माघ ८ गते १७:२६
राष्ट्रिय लिग फुटबलमा एनआरटीले काँक्रेविहारलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लिग फुटबलअन्तर्गत एनआरटीले काँक्रेविहार युथ क्लबलाई २-० गोलअन्तरले पराजित गरेको छ।
  • एनआरटीका तिमोथी र रनदिप पौडेलले क्रमशः दोस्रो र ३४औं मिनेटमा गोल गरेका थिए।
  • एनआरटीले ३ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ भने काँक्रेविहारले लगातार तेस्रो हार बेहोरेको छ।

८ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) ले सुर्खेतको काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले काँक्रेविहारलाई २-० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमै गरेको २ गोलले एनआरटी विजयी भएको हो ।

एनआरटीको जितमा तिमोथी र रनदिप पौडेलले एक-एक गोल गरे । खेलको दोस्रो मिनेटमै तिमोथीले गोल गरेका थिए भने ३४औं मिनेटमा रनदिपले गोल थपे ।

दोस्रो हाफमा कुनै गोल भएनन् र एनआरटी २-० ले विजयी भयो । लिगमा एनआरटीको यो दोस्रो जित हो । ३ खेलबाट ६ अंक जोडेको एनआरटी तेस्रो स्थानमा उक्लिएको छ ।

काँक्रेविहारले भने लगातार तेस्रो हार बेहोरेको छ ।

राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय