+

राष्ट्रिय लिग फुटबलमा संकटा र फ्रेन्ड्सको गोलरहित बराबरी

२०८२ माघ  ८ गते १७:५९ २०८२ माघ ८ गते १७:५९
राष्ट्रिय लिग फुटबलमा संकटा र फ्रेन्ड्सको गोलरहित बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लिग फुटबलअन्तर्गत संकटा क्लब र फ्रेन्ड्स क्लबबीच भएको तेस्रो खेल गोलरहित बराबरीमा सकिएको छ।
  • संकटाका टाय डानिएलले पहिलो हाफमै रातो कार्ड पाएपछि संकटाले दोस्रो हाफ दस खेलाडीमा खेलेको थियो।
  • संकटाले ३ खेलबाट ५ अंक जोडेको छ भने फ्रेन्ड्सले ३ खेलबाट ४ अंक जोडेको छ।

८ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत बिहीबार भएको तेस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् ।

च्यासल रंगशालामा भएको खेलमा संकटा र फ्रेन्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

टाय डानिएलले पहिलो हाफमै रातो कार्ड पाएपछि संकटाले दोस्रो हाफ दस खेलाडीमा रहेर खेलेको थियो ।

लिगमा दोस्रो बराबरी खेलेको संकटाले ३ खेलबाट ५ अंक जोडेको छ भने यसअघि एक जित र एक हारको नतिजा निकालेको फ्रेन्ड्सले ३ खेलबाट ४ अंक जोडेको छ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

फ्रेन्ड्स क्लब राष्ट्रिय लिग फुटबल संकटा क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय