+
+
Shares

नवलपरासी-२ : जिल्लिए कँडेल, कांग्रेसको आधिकारिक उम्मेदवार बने थापा

नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट दुई जनाले उम्मेदवारी दर्ता गरेकामा भीमबहादुर थापा भरतको उम्मेदवारी कायम भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवलपरासी पश्चिम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट भीमबहादुर थापाको उम्मेदवारी कायम भएको छ।
  • पूर्व गृहराज्यमन्त्री देबेन्द्रराज कंडेल र पूर्वमेयर भीमबहादुर थापाले कांग्रेसबाट उम्मेदवारी दर्ता गरेका थिए।
  • निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले दुई दिनको अध्ययनपछि थापालाई आधिकारिक उम्मेदवार घोषणा गर्नुभएको छ।

८ माघ, बुटवल । नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट दुई जनाले उम्मेदवारी दर्ता गरेकामा भीमबहादुर थापा भरतको उम्मेदवारी कायम भएको छ । यहाँ पूर्व गृहराज्यमन्त्री देबेन्द्रराज कंडेल र सुनवल नगरपालिकाका पूर्वमेयर थापाले उम्मेदवारी दर्ता गरेका थिए । दुबै जनाले पार्टीबाट टिकट ल्याएर उम्मेदवारी दर्ता गरेपछि आधिकारिता विवाद उत्पन्न भएको थियो । थापाले सुरुमा उम्मेदवारी दर्ता गराएका थिए । उनको प्रस्तावकमा केन्द्रीय सदस्य राधेश्याम पाठक र समर्थक यमलाल भुसाल थिए ।

निर्वाचन अधिकृतको कार्यालयले थापाको उम्मेदवारीलाई ७ नम्बरमा दर्ता गरेको थियो । कँडेलले केही समयपछि उम्मेदवारी दर्ता गरेका थिए । दुवै जनाले आफूलाई आधिकारिक उम्मेदवार दाबी गरेपछि जिल्ला मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले दुई दिनको समय लिएर अध्ययन गरी आज थापालाई आधिकारिकता दिएको बताए । कंडेल कांग्रेसमा शेरबहादुर देउवानिकटका नेता हुन् भने थापा सभापति गगनकुमार थापानिकट मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?