+
+
Shares

रञ्जित गजमेरको संगीतमा फिल्म ‘श्री बुकुरो’ को गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १५:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वरिष्ठ संगीतकार रञ्जित गजमेरको संगीतमा फिल्म 'श्री बुकुरो : द होम कलिङ' को गीत युट्युबमा वसन्तपञ्चमीको अवसरमा सार्वजनिक भएको छ।
  • निर्देशक सुदीपभुपाल सिंहले गीतको शब्द रचना गरेका हुन् भने शिव परियारले स्वर दिएका छन् र गीतमा गाउँ फर्किने यात्राका उतारचढाव प्रस्तुत गरिएको छ।
  • फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी लगायत कलाकारको अभिनय रहेको छ र छायांकन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरिएको हो।

काठमाडौं । वरिष्ठ संगीतकार रञ्जित गजमेरको संगीतमा फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को गीत युट्युबमा सार्वजनिक भएको छ । वसन्तपञ्चमीको अवसरमा गीत रिलिज गरिएको हो ।

निर्माता कम्पनी फिल्म रेन्जको अफिसियल युट्युब च्यानलबाट गीत ल्याइएको हो । ‘घर मेरो सानो बुकुरो’ बोलको मर्मस्पर्शी गीतले दर्शकको मन छुने विश्वास निर्देशक सुदीपभुपाल सिंहको छ ।

सार्वजनिक गीतमा निर्देशक सिंहको नै शब्द रचना र शिव परियारको स्वर छ । गीतमा दुई पात्र सहरबाट गाउँ फर्किने क्रमको यात्राका विभिन्न उतारचढावलाई प्रस्तुत गरिएको छ ।

फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला लगायतको अभिनय छ । रुबी सेन सिंहले फिल्म निर्माण गरेकी हुन् ।

सुरज तामाङ र प्रवीण सिंहको नृत्य निर्देशन, आईड्रिम एनिमेसनको भीएफएक्स, मनोरञ्जन श्रेष्ठको रङ संयोजन, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन, सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको फिल्मको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?