+

महिला टी-२० विश्‍वकप ग्लोबल छनोटमा नेपालले जिम्बाबेसँग खेल्दै

२०८२ माघ  १० गते ६:२५ २०८२ माघ १० गते ६:२५
महिला टी-२० विश्‍वकप ग्लोबल छनोटमा नेपालले जिम्बाबेसँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा आज जिम्बाबेसँग त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि खेल्दैछ।
  • नेपालले पहिलो दुई खेलमा पराजित भइसकेको छ र अब अघिल्लो चरणमा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने आवश्यकता छ।
  • नेपाल समूह 'बी' मा छ र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेको छ भने थाइल्यान्डको सम्भावना पनि बलियो छ।

१० माघ, काठमाडौं । आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज जिम्बाबेसँग खेल्दै छ । त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

नेपाल यसअघि खेलेका दुई खेलमा पराजित भएको छ । जिम्बाबेले भने ३ खेल खेल्दा ३ वटै खेल हारेको छ ।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।

नेपाली महिला क्रिकेट टोलीलाई अब अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न बाँकी दुवै खेल जित्नुपर्ने आवश्यकता छ ।

नेपाल रहेको समूह ‘बी’ बाट नेदरल्यान्ड्स सुपर सिक्समा पुगिसकेको छ भने थाइल्यान्डको सम्भावना पनि बलियो देखिइसकेको छ ।

शनिबार विहान हुने थाइल्यान्ड र स्कटल्यान्डबीचको खेलपछि समिकरण अझ क्लियर हुनेछ ।

जिम्बाबे महिला टी-२०आई वरियतामा १५औं स्थानमा छ । नेपाली टोली २१औं स्थानमा छ । जिम्बाबेले पनि नेपालजस्तै हालसम्म महिला टी-२० विश्वकप खेलेको छैन ।

जिम्बाबेले अफ्रिका छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो ।

नेपालको टोली : इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, मनिषा उपाध्याय, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, रोमा थापा, कविता जोशी, राजमती ऐरी

नेपाली महिला क्रिकेट टोली महिला टी-२० विश्वकप ग्लोबल छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय