+
+
Shares

रुपन्देही-२ मा एमालेको ९०१ सदस्यीय निर्वाचन परिचालन समिति

एमालेले रुपन्देही-२ मा ९०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १९:१५

९ माघ, बुटवल । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले रुपन्देही-२ मा ९०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

प्रदेश सांसद एवं पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा नेता राजु गुरुङ, सदस्य सचिव क्षेत्रीय कमिटी संयोजक ऋषिरम पाण्डे र आर्थिक परिचालन समितिको संयोजकमा समानुपातिक उम्मेदवार एजाज आलम रहेका छन् ।

शुक्रबार नै एमालेले रुपन्देही-२ का निर्वाचन परिचालन कार्यालय समेत उद्घाटन गरेको छ ।

निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीमा भौतिक पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना सहित सामाजिक र मानवीय विकास आफ्नो प्रमुख प्राथमिकता रहने बताए ।

उनले रुपन्देहीको भौतिक पूर्वाधार विकास देशका लागि सिकाइको नमुना बनेको उल्लेख गर्दै अब नागरिकको आयस्तर वृद्धि हुने खालका योजना कार्यान्वयनमा आफू प्रतिबद्ध भएर लाग्ने बताए  ।

पौडेलले आफूलाई मत नदिनुपर्ने कुनै कारण नरहेको भन्दै मतदातालाई अहिलेसम्म गरेका कामको निष्पक्ष मूल्यांकन गरेर मत दिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?