News Summary
Generated by OK AI. Editorially reviewed.- मछिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइजलाई २-० ले पराजित गरेको छ।
- मछिन्द्रले लगातार तेस्रो जित हासिल गरी शीर्ष स्थानको लालिगुराँससँग समान ९ अंक जोडेको छ।
- सौरभ सुब्बा र जोनाथान जोरिल्लाले क्रमशः पहिलो र ७१औं मिनेटमा गोल गरेका थिए।
१० माघ, काठमाडौं । मछिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइजलाई शनिबार २-० ले पराजित गरेको छ ।
राष्ट्रिय लिगमा मछिन्द्रको यो लगातार तेस्रो जित हो र मछिन्द्रले शीर्ष स्थानको लालिगुराँस समान ९ अंक जोडेको छ । तर गोलअन्तरमा मछिन्द्र पछि रहँदै दोस्रोमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा मछिन्द्रका लागि सौरभ सुब्बा र जोनाथान जोरिल्लाले एक-एक गोल गरे ।
सौरभले पहिलो सकिन चार मिनेट अघि गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । जोनाथानले ७१औं मिनेटमा मछिन्द्रका लागि दोस्रो गोल गरे ।
राष्ट्रिय लिगमा प्लानिङ ब्वाइजको यो पहिलो हार हो । पहिलो खेलमै विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको प्लानिङ ब्वाइजले दोस्रो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी एफसीसँग बराबरी खेलेको थियो ।
राष्ट्रिय लिगमा आजै त्रिभुवन आर्मी एफसी र चित्लाङ एफसीबीच साँझ साढे ६ बजे दशरथ रंगशालमा खेल हुनेछ ।
तस्बीर : एन्फा
प्रतिक्रिया 4