+
+
Shares

राष्ट्रिय सभामा कोशीबाट मेचे निर्वाचित

कांग्रेस-एमाले गठबन्धनबाट उनी निर्वाचित भएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १६:४७

११ माघ, विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन् ।

कांग्रेस एमाले गठबन्धनबाट उनी निर्वाचित भएकी हुन् । दलिततर्फ गणना जारी छ । अन्य तर्फ सुनिल थापा निर्विरोध निर्वाचित भएका थिए ।

मेचे नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्न रोकिएकी पात्र हुन् ।

एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी सदस्यसमेत रहेकी उनी महासंघबाट प्रतिनिधि बन्न खोज्दा प्राविधिक र वैधानिक कारणले उनको योग्यता पुगेको थिएन । तर रोशनी अहिले देशको माथिल्लो सदन (राष्ट्रिय सभा) को उम्मेदवार बनेकी हुन् ।

रोशनीको यो राजनीतिक फड्कोको मुख्य कडी नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर गरेको काम हो । ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा काम गर्ने उनी एक्ली महिला हुन् ।

झापा मेचीनगर-१२ (साविक धाइजन-३) मा जन्मिएकी रोशनी एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघमार्फत राजनीतिमा सक्रिय भएकी हुन् । गृह जिल्ला र सीमान्तकृत समुदायको भएका कारण अध्यक्ष ओलीले उनलाई सचिवालयमा राखेका थिए ।

नेपालकै अति सीमान्तकृत मेचे समुदायबाट राष्ट्रिय सभामा पुग्ने उनी सम्भवतः पहिलो व्यक्ति हुने छिन् । झापाको मेचीनगर, बिर्तामोड, हल्दिबारी र कचनकबल लगायत क्षेत्रमा बसोबास गर्ने मेचे समुदायले सरकारबाट सामाजिक सुरक्षा भत्ता पनि पाउँछ । यो समुदायका लागि रोशनीको यात्रा गौरवको विषय बनेको छ ।

पार्टीको प्रतिनिधि बन्न योग्यता नपुगे पनि उनको प्राज्ञिक योग्यता भने उच्च छ । २०५५ सालमा बलभद्र माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा सकेकी उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । कानुनमा स्नातक पनि गरेकी छन् । उनी अधिवक्तासमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?