News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पुलिस क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ।
- पर्वत जिल्ला भलिबल संघले सशस्त्र प्रहरी बललाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ।
- च्याम्पियनसिप माघ १७ गतेसम्म पोखरामा टाइगर ग्रुप अफ नेपालको आयोजनामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी हुँदैछ।
११ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको अन्तिम खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट २२–२५ र दोस्रो सेट १६–२५ ले गुमाएको आर्मीेले तेस्रो सेटमा २५–२१ ले जित निकाल्दै खेलमा फर्किने कोसिस गरेपनि सफल हुन सकेन । चौथो सेटमा पुलिसले २५–१५ ले जित निकाल्दै आर्मीलाई पहिलो हार चखायो ।
यसअघि भएको खेलमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको थियो ।
आजै भएको खेलमा महिलातर्फ न्यू डायमण्ड स्पोर्ट्स क्लब र थाइल्याण्ड क्विन्स विजयी भए ।
च्याम्पियनसिपअन्तर्गत चौथो दिन भोलि ३ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ बिहान १० बजे एपीएफ र आर्मीबिच हुनेछ । त्यसपछि पुरुषतर्फ एपीएफ र माल्दिभ्स भलिबल एसोसिएन भिड्ने छन् । भोलिको अन्तिम खेल गण्डकी प्रदेश र आर्मीबीच हुनेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।
सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
प्रतिक्रिया 4