+
+
Shares

राज्य पुनःसंरचना र शासकीय स्वरुपबारे तीन दलबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १७ गते १३:३८

१७ भदौ, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच आज राज्य पुनःसंरचना र शासकीय स्वरुपबारे छलफल सुरु भएको छ ।

संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईको आहृवानमा मंगलबार विहान बसेको बैठकमा राज्य पुनःसंरचना र शासकीय स्वरुपबारे दलहरुले आ-आफ्नो धारणा राखेका छन् । यद्यपि बैठकमा कुनै सहमति हुन सकेन ।

बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने-‘सकेसम्म कार्यतालिका बमोजिम २१ गतेसम्ममा मिलाउँछाँै, सकिएन भने संविधानसभामा पठाउँछौं ।’

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले संघीय संरचनाको विषयलाई कसरी हल गर्ने भनेबारे दलहरुबीच छलफल भएको बताए । ‘शासकीय स्वरुपबारे दलहरुले दलगत अवधारणा प्रस्तुत गर्नुका साथै हिजोको पार्टीगत अडानभन्दा माथि उठेर अघिल्लो संविधानसभादेखि आजसम्म आइपुग्दा भएका छलफल, सहमति र बुझेका विषयलाई समेत खुल्ला रुपमा छलफलमा ल्याइएको छ’ उनले भने ।

एमाले उपाध्यक्ष भीम रावलले राज्य पुनःसंरचना र शासकीय स्वरुपका विषयमा गहन ढङ्गबाट छलफल गरी एक-एक गरेर टुङ्ग्याउँदै जाने सैद्धान्तिक सहमति भएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?