+

राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दीको पहिलो जित

२०८२ माघ  १२ गते १४:२४ २०८२ माघ १२ गते १४:२४
राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दीको पहिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनाङ मर्स्याङदी क्लबले राष्ट्रिय लिग फुटबलमा कांक्रेविहार युवा क्लबलाई ५-१ ले पराजित गर्दै पहिलो जित हात पारेको छ।
  • मनाङका लागि गिडेओन नाहले २ गोल गरेका थिए भने सुरेश कुमाल, अनिल कुमार र नव राज गुरुङले एक-एक गोल गरे।
  • कांक्रेविहारका लागि सन्दिप देउवाले एक गोल गरे र यो क्लबको लगातार चौथो हार हो।

१२ माघ, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले सुखेतको कांक्रेविहार युवा क्लबलाई ५-१ ले पराजित गर्दे राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा मनाङका लागि विदेशी खेलाडी गिडेओन नाहले २ गोल गरेका भने सुरेश कुमाल, अनिल कुमार र नव राज गुरुङले एक-एक गोल गरे । कांक्रेविहारका लागि सन्दिप देउवाले एक गोल गरे ।

सुरेशले १६औंमिनेटमा गोल गर्दे मनाङलाई अग्रता दिलाउका थिए । त्यसको पाँच मिनेटपछि नै सन्दिप देउबाले कांक्रेविहारका लागि बराबरी गोल गरपछि खेल प्रतिस्परधात्मक बन्ने अनुमान थियो ।

तर त्यसपछि मनाङले लगातार गोल गर्‍यो । अनिल कुमालरे २५औं मिनेटमा गोल गरेपछि मनाङ मर्स्याङदीले २-१ को अग्रता बनायो । विदेशी खेलाडी गिडेओनले ५४औं र ८५औं मिनेटमा गोल गरे भने नवराजले ८०औं मिनेटमा गोल गरे ।

चार खेलमा पहिलो जित हात पारेको मनाङले अंकको खाता खोल्दे ३ अंक जोडेको छ भने स्थान सुधार गर्दै १३औं स्थानमा उक्लिएको छ । कांक्रेविहारको भने यो लगातार चौथो हार हो र अंकविहीन रहँदै पुछारमा (१७औं स्थान) छ ।

राष्ट्रिय लिगमा आजै नेपाल पुलिस क्लब र श्री भगवती क्लबबीच एन्फा कम्प्लेक्समा ३ बजे खेल हुनेछ ।

मनाङ मर्स्याङ्दी क्लब राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय