+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

अफगानिस्तानमा कार्बन मोनो-अक्साइड विषाक्तताका कारण ४ विद्यार्थीको मृत्यु   

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १५:०४

मध्य अफगानिस्तानको दयाकुन्डी प्रान्तको प्रान्तीय राजधानी निलीमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण कम्तिमा चार जना विद्यार्थीको मृत्यु भएको प्रान्तीय प्रहरी कार्यालयले आइतबार विज्ञप्ति मार्फत जनाएको छ ।

विद्यार्थीहरूले आफ्नो कोठा तताउन परम्परागत स्टोभमा कोइला प्रयोग गरिरहेको अवस्थामा विषाक्त ग्यास कोठा भित्र जम्मा भएर उनीहरूको मृत्यु भएको विज्ञप्तिमा भनिएको छ ।

पीडितहरू राष्ट्रिय विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि प्रान्तको दुर्गम जिल्लाबाट निली आई घटनाको समयमा आफ्नो अध्ययनमा संलग्न रहेको जनाइएको छ ।

यस अघि, उत्तरी बदख्सान प्रान्तको ढुङ्गाको खानीमा कार्बन मोनो -अक्साइड विषाक्तताका कारण कम्तीमा चार जना खानी मजदुरको मृत्यु भएको थियो ।

अफगानिस्तानमा कठोर जाडो र तातोको अभावले धेरै घरपरिवारलाई काठ वा कोइला परम्परागत स्टोभमा भर पर्न बाध्य पार्छ भने खराब भेन्टिलेसन र कम गुणस्तरको इन्धनको प्रयोगका कारण यस्ता घटनाहरु घट्ने गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?