News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय यू-२० महिला फुटबल टिम र चीनको युनान युथ महिला टोलीबीच मैत्रीपूर्ण खेल आयोजना हुने भएको छ।
- मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ र चिनियाँ टोली जनवरी २९ मा नेपाल आइपुग्ने एन्फाले जनाएको छ।
- एन्फाले विगत तीन वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण खेल आयोजना गर्दै आएको छ।
१२ माघ, काठमाडौं । नेपाली राष्ट्रिय यू-२० महिला फुटबल टिमले चीनको युनान प्राप्तको युथ महिला टोलीसँग मेत्रीपुर्ण फुटबल खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै मैत्रीपूर्ण खेल यही माघ १७ गते (जनवरी ३१) मा काठमाडौंमा आयोजना हुने जानकारी दिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको सयुक्त आयोजनामा तथा नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा उक्त खेल हुन लागेको एन्फाले जनाएको छ ।
नेपाल राष्ट्रिय यू-२० महिला फुटबल टोली र चीनको युनान यूथ महिला टोलीबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुन लागेको यस खेलले नेपाली यू-२० महिला टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने अपेक्षा गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

यस प्रकारका मैत्रीपूर्ण खेलहरूले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर प्रदान गर्नुका साथै नेपाली महिला फुटबलको समग्र विकासमा महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास लिइएको पनि शाहले बताए ।
खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिने कार्यक्रम रहेको छ । उक्त खेलका लागि चिनियाँ टोली यही जनवरी २९ मा नेपाल आइपुग्ने एन्फाले जनाएको छ ।
एन्फाले विगत तीन वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीहरूबीच मैत्रीपूर्ण खेलको आयोजना गर्दै आइरहेको छ ।
युनान प्रान्तको युथ टिम विरुद्धको खेलका लागि एन्फा याम प्रसाद गुरुङलाई नेपाल राष्ट्रिय यू-२० महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।
हाल गुरुङको प्रशिक्षणमा नेपाली टोली बन्द प्रशिक्षणमा रहेको एन्फाले जनाएको छ ।
प्रतिक्रिया 4