News Summary
Generated by OK AI. Editorially reviewed.- नागढुंगास्थित चेकप्वाइन्टमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसबाट २५ वर्षीय किसन साहलाई १६ लाख ९० हजार रुपैयाँ बराबरको २ किलो ५०० ग्राम चाँदीसहित पक्राउ गरिएको छ।
- प्रहरी प्रभाग नागढुंगा तथा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले खानतलासी गर्दा चाँदी लुकाइछिपाइ ल्याएको पत्ता लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो।
१३ माघ, काठमाडौं । झन्डै १७ लाख रुपैयाँ मूल्यबराबरको चाँदीसहित एक व्यक्ति पक्राउ परेका छन् ।
आज बिहान साढे ६ गते नागढुंगास्थित चेक प्वाइन्टमा वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०१-००१ ख ७७२१ नम्बरको यात्रुबाहक बस रोकेर प्रहरी प्रभाग नागढुंगा ता लागुऔषध नियन्त्रण ब्युरोको टोलीले खानतलासी गर्दा वीरगञ्ज महानगरपालिका-१६ का २५ वर्षीय किसन साह पक्राउ परेका हुन् ।
उनको साथबाट लुकाइछिपाइ गरी ल्याएको १६ लाख ९० हजार रुपैयाँ बराबरको २ किलो ५०० ग्राम चाँदी फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4