+
+
Shares

अर्थतन्त्र सुदृढ बनाउन तालिम र सिपलाई आयसँग जोड्न आवश्यक : सुनिता डंगोल

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १३:४२

१४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तीकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताएकी छन् ।

बुधबार ‘काठमाडौं बिजनेस एक्स्पो–२०८२’ को उद्घाटनमा उनले नागरिकको सिपलाई आयसँग जोड्न नसकिएसम्म आर्थिक सुदृढीकरण सम्भव नहुने बताइन् ।

उनले सबै नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन व्यवसायिक मेला महोत्सवहरू आयोजना गरिरहनु जरुरी रहेको बताइन् ।

उनले सबै प्रकारका तालिम उत्पादन, रोजगारी र व्यक्तिको आयसँग प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘जबसम्म हामी आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्दैनौँ तबसम्म हामीले लगाउने सशक्तीकरणका नाराहरू पूरा हुन सक्दैनन् । त्यसका लागि सबैलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन र आफूसँग भएको सिपलाई आयसँगको जोड्नका लागि यो मेला अत्यन्तै महत्त्वपूर्ण छ ।’

सिपमा आधारित उत्पादनमार्फत नागरिकको आय वृद्धि र मुलुकको समग्र अर्थतन्त्र सुदृढीकरण गर्नु महानगरको उद्देश्य रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?