News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली टेनिस खेलाडी शिभाली गुरुङले अस्ट्रेलियामा सुरु भएको एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफीमा चीनकी जिन्यु झाउलाई २-१ ले पराजित गरिन्।
- शिभालीले पहिलो सेट ६-१, दोस्रो सेट ३-६ र निर्णायक टाइब्रेकर सेट १०-८ ले जितेर विजयी सुरुवात गरिन्।
- शिभालीले भारतकी जेन्सी कनाबार र घरेलु खेलाडी जसलिनसँग क्रमशः आज र बिहीबार खेल्नेछिन्।
१४ माघ, काठमाडौं । नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङले अस्ट्रेलियामा आजदेखि सुरु भएको एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा विजयी सुरुवात गरेकी छिन् ।
अस्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिस प्रतियोगितामा शिभालीले बुधबार भएको पहिलो खेलमा चीनकी जिन्यु झाउलाई प्रतिस्पर्धात्मक खेलमा २-१ ले पराजित गरिन् ।
मेलबर्न पार्क-एनटिसी कोर्ट १९ मा भएको खेलमा शिभालीले पहिलो सेट ६–१ ले एकपक्षीय रुपमा आफ्नो पक्षमा पार्दै अग्रता लिएकी थिइन् । चीनकी जिन्यु दोस्रो सेटमा खेलमा फर्किइन् । उनले दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा पार्दे खेल बराबरीमा ल्याइन् ।
त्यसपछि तेस्रो तथा निर्णायक सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । टाइब्रेकरसम्म पुगेको प्रतिस्पर्धात्मक खेलमा शिभालीले जिन्युलाई १०-८ ले हराउँदै खेल जितेकी हुन् ।
गर्ल्सतर्फ ग्रुप ए मा रहेकी शिभालीले आजै भारतकी जेन्सी कनाबारसँग मेलबर्न पार्क-एनटिसी कोर्ट १९ मा खेल्नेछिन् । शिभालीले ग्रुपको तेस्रो खेल बिहीबार घरेलु खेलाडी जसलिनसँग खेल्नेछिन् । यो खेल मेलवर्न पार्क-वेस्ट कोर्ट १९ मा हुनेछ ।
एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका उत्कृष्ट गरी ब्वाइजतर्फ ८ र गर्ल्सतर्फ ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
ब्वाइज र गर्ल्स दुवैमा सहभागि खेलाडीलाई दुई समूहमा विभाजन गरिएको छ ।
जहाँ ग्रुप ए मा ४ र ग्रुप बी मा ४ खेलाडी छन् । सिंगल राउण्ड रोविनका आधारमा खेलहरू हुने टेनिस अस्ट्रेलियाले जनाएको छ ।
प्रतिक्रिया 4